एमालेको नेपाल-खनाल समूहका २७ सांसदले बुझाए स्पष्टीकरण


प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका २७ सांसदले पार्टीमा स्पष्टीकरण बुझाएका छन्। अध्यक्ष केपी ओलीले मंगलबार ३ दिनको समय दिएर स्पष्टीकरण सोधेकोमा उनीहरुले बिहीबार स्पष्टीकरण बुझाएका हुन्।

ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने २ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए।

सांसदहरुले संसदीय दलको कार्यालय सिंहदरबारमा स्पष्टीकरण बुझाएका हुन्। चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने र कडा कारबाही गर्ने चेतावनी ओलीले दिएका थिए।

‘ओलीको कदम विधानविपरीत’
सांसदहरुले अध्यक्ष ओलीले हाल चालिरहेका कदम पाटी विधानविपरीत र नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिको भएकाले सबै प्रक्रिया अविलम्ब रोकी पार्टीलाई एकताबद्ध गर्न पहल गर्न आग्रह गरेका छन्। ‘अन्यथा यसले निम्त्याउने दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ,’ उनीहरुले भनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘पार्टीको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधानको रक्षाका लागि सक्रिय हुँदा अर्को राजनीतिक दल खोलेको जस्तो निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधि सभाको पद नै समाप्त गरिदिने आयसको पत्र लेख्नु नेपालको संविधान, कानून र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान तथा फागुन २३ को सर्वोच्च अदालतको फैसला विपरीत छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।

के भने माधव नेपालले ?
स्पष्टीकरणमा वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारविरुद्ध हालै ल्याइएको अविश्वासको प्रस्ताव र त्यसक्रममा भएको घटनाक्रममा आफ्नो ‘निर्देशन’ देख्नु केपी ओलीकै गुटगत दृष्टिको परिणाम भएको बताएका छन्।

उनले पार्टी विधानको कुनै पनि धाराको व्यवस्थाविपरीत कुनै काम आफूबाट नभएको र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम तथा विधानको व्यवस्थाको प्रतिरक्षाका लागि आफू पार्टी गतिविधिमा सहभागी रहेको बताएका छन्।

‘पार्टीको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधानको रक्षाका लागि सक्रिय हुँदा अर्को राजनीतिक दल खोलेकोजस्तो निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधिसभाको पद नै समाप्त गरिदिने धम्कीदिनु नेपालको संविधान, कानुन र एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानविपरीत हुने कुरा स्वयंसिद्ध छ,’ उनले स्पष्टीकरणमा भनेका छन्।

झलनाथ खनालको स्पष्टीकरण
वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले पार्टीका नेता र कार्यकर्तालाई अनुशासनका कारबाही गर्दै पार्टी विभाजन र विसर्जनतिर लगिरहेको देख्दा आफूलाई दुःख लागेको बताएका छन्।

स्पष्टीकरणमा नेता खनालले आफूले पार्टी विधानको कुनै पनि धाराको अवस्था विपरीत गएर कुनै काम नगरेको पनि प्रष्ट पारेका छन्।

‘पार्टीको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधानको रक्षाका लागि सक्रिय हुँदा अर्को राजनीतिक दल खोलेकोजस्तो निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधिसभाको पद नै समाप्त गरिदिने कुरा गर्नु नेपालको संविधान, कानुन र एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानविपरीत हुने कुरा स्वयंसिद्ध छ,’ उनले भनेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com