कोरोनाको दोस्रो लहर : २४ घण्टामा ९ सय संक्रमित थपिए, विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

नेपालमा कोरोनाको दोस्रो लहर तीव्र हुँदै गएको छ। पछिल्लो २४ घण्टामा थप ९ सय जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १५८ जनाको परीक्षण भकोमा पिसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि हो।

यीमध्ये १९ वर्षमुनिका थप ८१ जना संक्रमित देखिएका छन्। योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ।

यही अवधिमा थप २०८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार ५ हजार ८ जना सक्रिय संक्रमित छन्। ७७ जना क्वारेन्टाइनमा छन्।

संसदीय समितिको निर्देशन
यसैबीच, राष्ट्रिय सभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको निर्देशनमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयको विज्ञप्ति, विज्ञहरूको सुझाव तथा आजको छलफल अनुसार हाम्रा बालबालिकाहरू अत्यन्तै जोखिममा देखिएका छन् र स्कुलहरूमा कोरोना संक्रमण भएको पुष्टि भैसक्दा पनि चरम लापरबाही गर्ने स्कुलहरूलाई अनुगमन गरी कडा कारबाही गर्न र विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा हुने सिकाइ तत्काल बन्द गरी वैकल्पिक विधिबाट ९भर्चुअल० वर्तमान अवस्था अनुसार पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ। यसमा स्वास्थ्य मन्त्रालयको सुझाव र स्वास्थ्यका मापदण्ड हरेक नेपालीहरूले पालना गर्नु जरूरी भएकाले यसमा कडाइ गर्न जरूरी छ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com