सभापति देउवाद्वारा प्रधानमन्त्री दाहालको प्रशंसा


प्रकाशित मिति : जेष्ठ ११, २०७४ बिहीबार

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गर्नुभएकामा धन्यवाद दिनुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत काँग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमतिअनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै काँग्रेसले सबै राजनीतिक दलसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले काँग्रेस र माओवादी केन्द्रबीच मुलतः नेपालको संविधानको स्वीकार्यता विस्तार गर्न, स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरी संविधान कार्यान्वयन गर्न तथा मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ राजनीतिक सहमति भई वर्तमान सरकार गठन भएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा सरकार गठन भएको १० महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम भएको, बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको, सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सराहनीय काम गरेको चर्चा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सञ्चालन भएको हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धि प्राप्त भएको छ”– विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले प्रधानमन्त्री दाहालको कार्यको उच्च प्रशंसा गर्दै उहाँलाई हार्दिक बधाई दिनुका साथै सरकारको उपलब्धिका लागि सहयोग गर्ने सबै राजनीतिक दल र सबै नेपालीमा धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com