कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने


प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि शाहीले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन्।

पत्रमा उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

नेकपा एमालेले गत चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै शाही अल्पमतमा परेका थिए। त्यसपछि एमालेको नेपाल-खनाल समूहका मन्त्रीलेसमेत राजीनामा दिएपछि शाही विश्वासको मत लिने मुडमा पुगेका हुन्।

एमालेको ओली समूहले समर्थन फिर्ता लिए पनि नेपाल-खनाल समूहले भने शाही नेतृत्वको सरकारलाई समर्थन कायमै राखेको थियो। तर, पार्टीभित्रको विवाद बढ्दै जाँदा पार्टी नै नरहने स्थिति आउनसक्ने भन्दै नेपाल-खनाल समूहबाट मन्त्री बनेका तीन जनाले राजीनामा दिएका थिए। त्यसपछि शाही नेतृत्वको सरकार धरापमा परेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको संविधानको धारा १८८ मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ। जसअनुसार सरकारमा सहभागी दल विभाजित भएमा वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सदनसमक्ष प्रस्ताव राख्नुपर्छ।

कर्णाली प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक गरी ३९ सांसद छन्। माओवादी केन्द्रले आफ्ना एक सांसद दैलेखका धर्मराज रेग्मीलाई हटाएपछि अहिले १२ सिटमा खुम्चिएको छ। विश्वासको मतका लागि शाहीलाई २० मत आवश्यक पर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com