बल्ल देखिन थाले हिमाली जटायु


प्रकाशित मिति : जेष्ठ ११, २०७४ बिहीबार

बेनी म्याग्दी ११ जेठ म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन् ।

विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयवासीले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएका चिमखोलाका धु्रव पाइजाले जानकारी दिनुभयो ।

लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका पशु चिकित्किस जीवन आचार्यले बताउनुभयो । जिल्ला पशु सेवा कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको प्रयासमा दुई वर्षअघि २५औँ जिल्लाका रुपमा म्याग्दीलाई ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणा गरिएको थियो ।

जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङलगायत ठाउँमा हिमाली जटायु देखिन थालेका र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जिल्लामा कुन प्रजातिका गिद्ध कति सङ्ख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र कुनै पनि अभिलेख नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामुदायिक वन–जीवजन्तु संरक्षणमा

यसैगरी, जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।

म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै सो समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।

गौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई संरक्षण गर्न थालेका छन्, सो समूहका सल्लाहाकार रत्नबम मल्लले भन्नुभयो —जङ्गलमा पूरै बारको घेरा लगाएर त्यस्ता जनावर र पक्षीको संरक्षण गर्न थालिएको हो ।

सल्लाहाकार मल्लले भन्नुभयो, “जनावरले आपूm तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाएको हो ।” गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका वगरफाँट र भूमेनाथ सामुदायिक वनले मयूर, न्याउली, तित्रो, वन ढिकुर, मृगलगायत जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ ।

यसैगरी, म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर यस वन क्षेत्रलाई खुला चिडियाखानाका रूपमा विकास गर्ने प्रयत्न गर्दै आएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com