माओवादीमा नफर्किएका प्रदेश २ का ४ सांसद पदमुक्त


प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार

सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि माओवादीमा नफर्किएका प्रदेश २ का चार प्रदेश सभा सदस्य पदमुक्त भएका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुश्वाहा र मो।समीर अन्सारीलाई पार्टीबाट निष्कासन गरिएको माओवादी केन्द्रको पत्र पढेर जानकारी गराएका थिए।

यसअघि माओवादी केन्द्रले चार जनालाई कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा बुझाएको थियो।

एमालेतिर लागेका चारैजनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ नदिएपछि उनीहरुलाई कारबाही गरेर प्रदेशसभा सदस्यबाट बर्खास्त गरिएको संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘संघीय संसद वा प्रदेशसभाको सदस्य रहेको दलका सदस्यले दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनु पर्नेछ,’ राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ ९१० मा भनिएको छ।

दफा ३४ बमोजिम सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले १५ दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनुपर्ने दफा ३५ मा उल्लेख छ।

प्रदेश २ मा अब नेकपा माओवादी केन्द्र ७ सिटमा खुम्चिएको छ। प्रदेश २ मा प्रत्यक्ष र समानुपातिक गरी माओवादी केन्द्रका ११ प्रदेश सांसद थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com