जसपाले थाल्यो नयाँ सरकार गठनबारे छलफल


प्रकाशित मिति : चैत्र २९, २०७७ आईतबार

केपी ओली नेतृत्वको सरकारको विकल्पका बारेमा प्रतिपक्षी दलहरुबीच छलफल अघि बढिरहेका बेला जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकार गठनको विषयमा छलफल अघि बढाएको छ।

आइतबार बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा सरकार गठनबारे छलफल भएको हो।

जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको हो।

जसपामा सरकार गठनको विषयमा दुई धार छ। राजेन्द्र महतो र महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीले आफ्ना मुद्दा सम्बोधन गर्ने प्रक्रियामा लगिसकेको भन्दै ओली नेतृत्वको सरकारमा सहभागी हुन लचिलो छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको नेतृत्वमा सरकारमा जान नहुने अडानमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर कांग्रेस नेतृत्वमा संयुक्त सरकार गठनको प्रस्ताव गरेका थिए। त्यसको जवाफमा अध्यक्ष महन्थ ठाकुरले बन्दी रिहा, मुद्दा फिर्तालगायत विषयमा सरकारसँग छलफल चलिरहेको र पार्टीमा छलफल गरेर मात्रै निर्णय दिन सक्ने बताएका थिए। सोही अनुसार जसपाले आइतबार छलफल गरेको हो। यद्यपि बैठक नयाँ सरकार गठनका विषयमा कुनै निष्कर्षमा पुग्न सकेन।

जसपाले रेशम चौधरीको मुद्दा फिर्ता, संविधान संशोधनलगायका माग राख्दै आएको छ। मुद्दा फिर्ताका सम्बन्धमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र सरकारले कार्यदल बनाएर वार्ता जारी राखेका छन्। तर, कार्यदलका विषयमा यादव पक्षले खासै रूचि देखाएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com