संक्रमण बढी भएका स्थानमा तीन सातासम्म शैक्षिक संस्था बन्द गर्न सिसिएमसीको प्रस्ताव


प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेज कम्तिमा पनि तीन सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ।

विद्यालय तथा कलेजका विद्यार्थीहरुमा नयाँ भेरियन्टको जोखिम बढेको भन्दै तीन सातालाई अनलाइनमार्फत् पढाइ हुने गरी बन्द गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई प्रस्ताव गरेको हो।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न सिसिएमसीलाई सिफारिस गरेको थियो।

गत विहीबार संक्रमण पुष्टि भएकामध्ये १७ प्रतिशतभन्दा बढी बालबालिका भएपछि स्वास्थ्य मन्त्रालयले यस्तो सिफारिस गरेको थियो। पछिल्लो समय १८ वर्षसम्मका उमेर समूहका विद्यार्थीमा संक्रमण बढ्दै गएको पाइएको छ। हालसम्म कुल संक्रमितमध्ये बालबालिकामा ७ प्रतिशत संक्रमण देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबारको सिसिएमसी बैठकले कोभिड संक्रमण नियन्त्रणका लागि अन्य मापदण्ड पनि बनाएको छ। जसलाई आगामी मन्त्रिपरिषद बैठकमा पेश गरिने भएको छ। बैठकबाट अनुमोदन भएपछि थप नयाँ मापदण्ड लागू हुने भएका छन्।

उपप्रधान तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले जोखिमलाई हेरेर थप निर्णय लिइने बताएको छ। कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने, जनचेतना अभिवृद्धि गर्ने, सजगता अपनाउने र जोखिमलाई हेरी आवश्यक परे लकडाउनसमेत गर्ने विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालका अनुसार बैठकमा पछिल्लो सङ्क्रमणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको छ। यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने तथा एन्टिजेन परीक्षण बढाइने भएको छ । कोरोनाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिनेछ । स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com