सरकारबाट समर्थन फिर्ता लिने तयारीमा माओवादी


प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। समर्थन फिर्ता लिने विषयमा छलफल गर्न माओवादी केन्द्रले विहीबार स्थायी कमिटी बैठक बोलाएको छ।

बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय हुनसक्ने एक नेताले जनाएका छन्। गत शनिबार नागरिक अगुवाहरूले प्रज्ञा डबलीमा आयोजना गरेको कार्यक्रममा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारबाट समर्थन फिर्ता लिने संकेत गरेका थिए।

‘नैतिकता र राजनीतिक हिसाबले पनि अब धेरै दिन रूक्न सकिन्न,’ प्रचण्डले भनेका थिए,‘मुलुकको राजनीति जतासुकै जाओस् चाँडै सरकारबाट समर्थन फिर्ता हुन्छ।’

चैत २३ भित्र सरकारले विश्वासको मत लिनुपर्छ : देव गुरुङ
माओवादीका प्रमुख सचेतक देव गुरुङले पनि आगामी २३ गतेभित्र सरकारले संसदमा विश्वासको मत लिनुपर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले सर्वोच्चको पछिल्लो फैसलापछि संविधानको धारा ७६ ९२० आकर्षित हुने भएकोले फैसला भएको ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने जिकिर गरेका थिए।

सरकारले चैत २३ भित्र विश्वासको मत नलिए सरकारमाथि संवैधानिक प्रश्न उठ्ने उनको भनाइ छ।

‘सर्वोच्चले संसद पुनःस्थापना गरेको छ तर सरकारलाई पुनःस्थापना गरेको छैन। सरकार विधि मिचेर अगाडि बढिरहेको छ,’ गुरुङले भने, ‘स्वाभाविक ढंगले कामचलाउ भइसकेको सरकार परिवर्तन गर्ने प्रक्रिया तत्काल सुरू हुनुपर्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com