१०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ ।

पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन लागेको विशाल महादेव मूर्ति निर्माण कार्यको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायत संरचनाले यो स्थानलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बनाउने बताउनुभयो ।

पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका संयोजक चन्द्रकान्त बरालले करिब रु ४२ करोडको लागतमा महादेव मूर्ति, उद्यानलगायतका विभिन्न संरचना निर्माण गर्ने बृहत्तर उद्देश्यका साथ यो कार्य थालनी गरिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखराको पर्यटकीय विकासमा पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति थप आकर्षण बन्ने बताउनुभयो ।

समितिका उपाध्यक्ष मातृका बरालले माछापुच्छ«े अन्नपूर्णलगायतका हिम शृङ्खलाका साथै पोखरा उपत्यका, फेवाताललगायतको मनोरम दृश्य एक साथ अवलोकन गर्न सकिने यो स्थलमा विशाल महादेव मूर्तिलगायत संरचना निर्माणसँगै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने विश्वास लिइएको बताउनुभयो ।

समितिका महासचिव प्रकाश बरालले मूर्ति निर्माणका लागि गत फागुन ३ गतेदेखि १३ गतेसम्म लगाएको महायज्ञमा प्राप्त आर्थिक सहयोगले पनि निर्माण कार्यमा उर्जा थपेको बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com