प्रचण्ड–माधव पक्ष : निर्वाचन आयोगलाई दबाब, ओलीका निर्णय नमान्न संसद सचिवालयलाई आग्रह


प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार

प्रतिनिधिसभा बैठकको दिन नजिकिँदै जाँदा नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोग र संसद सचिवालयलाई दबाब बढाएको छ।

सो पक्षका राजेन्द्र पाण्डे र लिलामणि पोखरेल बिहीबार निर्वाचन आयोग पुगेर नेकपा विवादलाई चाँडो निरुपण गर्न आग्रह गरेका थिए।

पार्टीको आधिकारिकता दावी गर्दै आयोगमा दर्ता गराएको निवेदनबारे छिटो निर्णयका लागि दबाब दिन र केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबारे जानकारी गराउन उनीहरु आयोग पुगेका थिए।

प्रचण्ड–माधव समूहले आधिकारिकताको दावी गर्दै माघ २० गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, सो समूहले बिहीबारै संसद सचिवालयमा एक पत्र दर्ता गराउँदै केपी ओलीले गरेका गरेका कुनै पनि निर्णय नमान्न आग्रह गरेको छ।

प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीले गर्नु भएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित गरिसकेको अवस्थामा नेकपा तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी ओली वा अरु कसैले गरेका पत्राचार वा कुनै पनि कामकारवाई अनाधिकृत भई मान्य नहुने कुराको जानकारी गराउँछु।’

पत्रमा प्रचण्डले नेकपाको भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकबाट केन्द्रीय कमिटीको कार्यकारी अध्यक्षको जिम्मेवारीप्राप्त नेताको हैसियतमा आफ्नो अध्यक्षतामा माघ १९ गते केन्द्रीय कमिटीको अत्यधिक बहुमत सदस्यको सहभागितामा सम्पन्न केन्द्रीय कमिटीको बैठकले अर्का अध्यक्ष केपी ओलीलाई पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको र उनी पार्टी सदस्य नै नरहेको अवस्थामा संसदीय दलको नेताका रुपमा रहन नसक्ने भन्दै ध्यानाकर्षण गराएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com