प्रचण्ड–माधव पक्षको निर्णय : ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय अनुमोदन


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी ओलीलाई हटाउने निर्णय अनुमोदन गरेको छ।

यसअघि यो पक्षले गत माघ ११ गते ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो।

त्यसैगरी बुधबारको बैठकले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय पनि गरेको छ। यस्तै, सचेतकबाट शान्ता चौधरी, प्रमुख सचेतकबाट विशाल भट्टराई हटाएको छ।

बैठकले सुवास नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, कर्ण थापा, प्रभु साह र सूर्य थापालाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ। उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरिएको जनाइएको छ। उनीहरु आठै जना प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूलाई कारबाही गरिएको निर्णय सार्वजनिक भएसँगै सचेतक चौधरीले त्यस्तो कारबाहीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएकी छन्। उनले फेसबुकमा लेख्दै भनेकी छन्, ‘हामी हाम्रो घारमा शानदार रूपमा बस्छौं। घरलाई सुन्दर बनाउँछौं। पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन्।’

बैठकले सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ। यस्तै बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दावी पेश गरे पनि निर्वाचन आयोगले निर्णय गर्न ढिलाइ गरिरहेको ठहर पनि बैठकले गरेकाे नेता भीम रावलले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com