शेर्पा किदुग अमेरिकाको नयाँ नेतृत्वमा महिला, छिरिङ शेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति


प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार

युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग) अमेरिकाले नयाँ नेतृत्व चयन गरेको छ । छिरिङ शेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । आज सम्पन्न किदुगको बाह्रौं महाधिवेशनले महिला नेतृत्व चयन गरेको हो । संस्थामा पहिलोपटक महिला नेतृत्व चयन गरिएको हो ।

२ बर्षका लागि नयाँ नेतृत्व चयन गर्न फुरनिमा शेर्पाको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । कोरोनाको महामारीका कारण जुममार्फत अधिवेशन गरिएको थियो भने सपथग्रहण समारोह भने गुम्बामा प्रत्यक्ष उपस्थीत भएर गरिएको थियो ।

किदुगको उपाध्याक्षमा तेम्बा शेर्पा, महासचिवमा आङछिरिङ शेर्पा, सचिवमा ल्हाक्पा तेन्जी शेर्पा, कोषाध्याक्षमा पल्जुर शेर्पा, प्रवक्तामा पासाङ गेल्जे शेर्पा, सदस्यहरुमा ङवाङ तेन्जी शेर्पा, पासाङ दिकी शेर्पा, याङचेन डोल्मा शेर्पा,सेरजाङमु शेर्पा, रिन्जी नुर्बु शेर्पा, आङ बाबु शेर्पा, निमा नुर्ब शेर्पा र कान्छी लामा निर्वाचित भएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सपथ ग्रहण समारोहमा आजैदेखि कार्यकाल सकिएका शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले नवनिर्वाचितहरुलाई सफलताको शुभकामना दिए । २०१७  देखि शेर्पा किदुगको अध्यक्षका रुपमा जिम्मेबारी सम्हालेका उर्गेन शेर्पाको कार्यकालमा शेर्पा किदुगले निकै महत्वपूर्ण कामहरु गरेको थियो । उनले दुई कार्यकाल नेतृत्व सम्हालेका थिए ।

नयाँ समितिलाई बधाई तथा शुभकामना दिदै उर्गेन शेर्पा

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक फुरनिमा शेर्पा, पुर्व अध्यक्ष लोप्साङ ठिले शेर्पा, ग्याल्जेन शेर्पा, दाजा जाङबु शेर्पा, उर्गेन शेर्पा र शेर्पा कल्चर सेन्टरका ट्रष्टी बोर्डका संयोजक पेम्बा गेल्जे शेर्पाले पनि बधाई तथा शुभकामना दिएका थिए ।

कोरोना महामारीमा विगत एकबर्षदेखि शेर्पा किदुगले कम्युनिटी फस्ट रेस्पोण्डरका रुपमा काम गर्दै आएको छ । मार्चको पहिलो दोश्रो साता न्युयोर्कमा कोरोनाको महामारी बढ्न थालेपछि किदुगका अध्यक्ष उर्गेन शेर्पाले नेपाली समुदायलाई सहयोगका लागि तत्कालै संस्थाको बैठक बसालेर सहयोगमा जुटेका थिए ।

शेर्पा किदुग अमेरिकाको न्युयोर्कको ज्याक्सनहाइटमा आफ्नै भवनमा गुम्बा रहेको छ भने न्युयोर्कको वालकिलमा ६१ दशमलव ३ एकड जग्गामा बौद्ध स्तूपको समेत निर्माण गरिन लागेको छ ।

सन् १९९६ मा स्थापित यो संस्थाले सन् १९४५ मा निर्माण गरिएको चर्च झण्डै १२ लाख डलरमा खरिद गरेर गुम्बा निर्माण गरेको हो ।

न्युयोर्कमा कोरोनाबिरुद्ध ‘कम्युनिटी फस्ट रेस्पोण्डर’ शेर्पा किदुग र सारथी उर्गेन शेर्पा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com