आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न प्रचण्ड–माधव पक्षलाई ओलीको चेतावनी
प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार
k|wfgdGqL cf]nL a’6jn, ! kmfu’g . k|wfgdGqL s]kL zdf{ cf]nL n’lDagL s]ansf/ cfof]hgfsf] zlgaf/ aD3f6df lznfGof; sfo{qmddf . t:jL/M k|bLk/fh jGt, /f;;
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिएका छन्।
जिल्ला झापामा चीन–नेपाल मैत्री औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रचण्ड–माधवलाई यस्तो चुनौती दिएका हुन्। ‘प्रतिनिधिसभा पुनःस्थापना हुँदैमा के भयो? राम्रै भयो,’ उनले भने, ‘अविश्वासको प्रस्ताव पास गरेर देखाउनुस्। पास गराउनु हुन्छ भने फेरि दुई तिहाइ ल्याएर आइन्छ।’
उनले प्रतिनिधिसभा पुनःस्थापनापछि आफूलाई हटाउन दौडाहामा रहेका प्रचण्ड(माधवलाई कसैले पत्याउन नसकेको पनि टिप्पणी गरे।
‘प्रतिनिधिसभा पुनःस्थापना हुँदा चितवनको सभा छोडेर प्लेन चढेर काठमाडौं पुगेका रहेछन्, उनीहरूको घर त दक्षिणतिर हो नि, तर उत्तरतिर लागेछन्,’ उनले भने, ‘दक्षिणको घर छोडेर उत्तरतिर बुढानीलकण्ठ पुगेछन्। गएर निवेदन हाले, प्रभु संसद पुनःस्थापना भयो, प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनु पर्याे।’
प्रभुले पार्टीभित्र छलफल गरेरमात्र निर्णय हुने बताएपछि दुवैजना अँध्यारो मुख लिएर त्यहाँबाट फर्केको ओलीले टिप्पणी गरे।
‘फेरि अर्को ठाउँ गएछन्, मिलेर जाउँ भनेछन्,’ जसपा नेता र प्रचण्डबीच भएको भेटको प्रसंगतिर संकेत गर्दै ओलीले भने, ‘तपाईंहरू कुन पार्टीबाट आउनु भएको हो सोधिएछ। झसंग भएर फर्कनु भएछ।’
सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिँदैमा केही नबिग्रिएको भन्दै उनले चिन्ता लिने अवस्था नरहेको पनि बताए।
‘यस्ता मुद्दा त कति खेप्यौं कति खेप्यौं, गल्ती नगर्ने मुद्दा हार्दै जाने मैले भोगेकै छु,लड्डु खानेहरूलाई म भन्न चाहन्छु,’ ओलीले भने, ‘मुद्दा जिताइदिएर कसैले प्रधानमन्त्री बनाइदिएको हैन, नेपाली जनता जबसम्म मेरो साथ छ मुद्दा त के भो र?’






