काँग्रेस कार्यकर्तामाथि आक्रमणको विरोधमा धादिङ बन्द


प्रकाशित मिति : जेष्ठ ७, २०७४ आईतबार

धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आज जिल्ला बन्द गरेको छ ।

गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका बेला नेकपा (एमाले)का कार्यकर्ताले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत स्थानीय दामोदर भट्ट, काँग्रेस जिल्ला सदस्य नरेन्द्र भट्ट, महासमिति सदस्य यमनाथ दनैलगायत काँग्रेसका एक दर्जनभन्दा कार्यकर्ता घाइते भएको विरोधमा नेविसङ्घ धादिङले अनिश्चितकालीन जिल्ला बन्द गरेको हो ।

बन्दका कारण जिल्लाभरका शैक्षिक संस्था बन्द छन् भने जिल्ला सदरमुकामका सबै उद्योगधन्दा, व्यापार व्यवसाय ठप्प भएको छ ।

पृथ्वी राजमार्गबाहेक अन्यत्र यातायात सञ्चालनमा आएका छैनन् । आइतबार १२ बजेसम्म दोषीलाई कारबाही नगरिए काँग्रेसले थप कार्यक्रम सार्वजनिक गर्ने नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाले बताउनुभयो ।
बन्दमा अप्रिय घटना नहोस् भनी सदरमुकामका चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com