स्व. आङ पासाङ लामाका परिवारका तर्फबाट शेर्पा किदुग अमेरिकालाई पचास हजार डलर


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग) अमेरिकालाई संस्थाका का आजीवन सदस्य स्व. आङ पासाङ लामा (गोल्डेन) को परिवारबाट पचास हजार डलर दान प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१ दशमलव ३ एकड जग्गामा निर्माण हुन लागेको बौद्ध स्तूपको लागि प्राप्त भएको हो।

कबोल गरिएको पचास हजार डलर मध्ये पच्चिस हजार पाँच सय पच्पन्न डलर गत नोभेम्बरमा आयोजित देव अवतरण दिवसको अवसरमा हस्तान्तरण गरिएको थियो।

शेर्पा किदुग अमेरिकाद्वारा प्रत्येक वर्ष मनाइने ‘ल्हाप्सो’ अर्थात सामुहिक देव पूजा कार्यक्रमको लागि अघिल्लो वर्षको डिसेम्बर महिनामा न्युयोर्क राज्यको वालकिलमा ६१.३ एकड जग्गा खरीद गरेको थियो। उक्त जग्गा माथि शेर्पा किदुगले विश्व शान्ति र पर्यावरणीय स्थिरताको लागि एक बौद्ध चैत्य स्थापना गर्न लागिएको जनाएको छ।

शेर्पा किदुगका महासचिव कर्म लामा, उनका भाई तेन्डी लामा र बैनीहरु किन्जी शेर्पा र बिमला शेर्पाले आफ्ना दिवंगत पिता आङ् पासाङ् लामा र माता क्षोकी लामाको स्मरणमा उक्त दान गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दानी परिवारको तर्फबाट जेठो छोरो कर्म लामाले शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पालाई पच्चीस हजार पाँच सय पच्पन्न डलरको चेक हस्तान्तरण गरेका थिए । सोही अवसरमा बोल्दै किदुगका महासचिव समेत रहेका कर्म लामाले विश्व शान्ति र पर्यावरणका लागि दूरगामी प्रभाव पार्ने उक्त चैत्य निर्माणमा योगदान पुर्याउने अवसर पाउनुलाई आफ्नो परिवारको सौभाग्य सम्झेको बताए ।

भगवान बुद्धको शान्ति र करुणा शिक्षा आज युग अपरिहार्य देखिएको महसुस भएको हुनाले यस अभियानलाई साथ दिनको लागि समेत उनले सबैलाई आग्रह गरे ।

दानी परिवार प्रति धन्यवाद ज्ञापन गर्दै शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले यो योगदान ईतिहासमा अमिट छाप भएर रहने बताए । विश्व शान्ति र पर्यावरणीय स्थिरताका लागि स्थापित हुने यस स्तूपको प्रारम्भिक नक्सा तयार भई सकेको र पूर्ण परिमार्जित नक्सा चाँडै सार्वजनिक गरिने भएकोले उक्त परियोजनामा सबैको साथ र सहयोगको लागि पनि अध्यक्ष शेर्पाले अपील गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com