टेक्सासबासी र घुम्न जानेलाई सरकारी दुब्र्यबहार हुनसक्ने चेतावनी


प्रकाशित मिति : जेष्ठ ७, २०७४ आईतबार

अमेरिकन सिभिल लिबर्टिज युनियनले ट्राभल अलर्ट जारी गर्दै भविश्यमा टेक्सासको यात्रा गर्ने योजना बनाएका कुनै पनि व्यक्तिले संवैधानिक अधिकारको हनन हुनसक्ने अपेक्षा गर्न चेतावनी दिएको छ । आगामी सेप्टेम्बर १ देखि लागु हुने गरी टेक्सासले एसबी फोर नामको कानुन पारित गरेपछि प्रहरीले अमेरिकी नागरिक वा गैर नागरिक जो सुकैलाई पनि गैरकानुनी रुपमा पक्राउ गर्न सक्ने युनियनले जनाएको छ । उनीहरु विदेशीजस्तो देखिएको आधारमा वा उनीहरु कस्तो भाषा बोल्छन् भन्ने आधारमा मात्रै प्रहरीले विनापूर्जी गैरकानुनी रुपमा पक्राउ गरेर अनुसन्धान गर्न सक्ने युनियनले जनाएको छ ।

अमेरिकन सिभिल लिबर्टिज युनियनकी निर्देशक लोरेला परालीले भनेकी छिन् – ‘हाम्रो उद्देश्य टेक्सासबासी वा टेक्सासमा यात्रा गर्ने व्यक्तिलाई सुरक्षा निकायबाट गैरकानुनी रुपमा अपमानित हुनुबाट बचाउनु हो ।’ एसबी फोर नामको कानुनले बन्दीहरुको कानुनी हैसियतबारे स्थानीय सुरक्षा निकायले संघीय निकायहरुलाई जानकारी दिलाउनुपर्ने प्रावधान राख्छ । यसले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका लागि स्थानीय सुरक्षा निकायले बन्दीहरुलाई सजाय काटिसकेपछि पनि थप समय राख्न अधिकार प्रदान गर्छ ।

एसबी फोर नामको कानुन आगामी सेप्टेम्बर १ बाट लागु हुने भएपनि कतिपय स्थानमा स्थानीय अधिकारीहरुले टेक्सासहुँदै यात्रा गर्नेहरु र टेक्सासबासीहरुलाई गलत तरिकाले व्यवहार गर्न थालिसकेको अमेरिकन सिभिल लिबर्टिज युनियनले जनाएको छ । एसबी फोर कानुनको कारण कसैको संवैधानिक अधिकार हनन भएमा ८८८ ५०७ २९७० मा सम्पर्क गर्न युनियनले सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com