उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियान सुरु भएको पाँचौँ वर्षको पहिलो शनिबार २१० औँ हप्तामा आज थापाथली पुलपारि ललितपुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा ६०० जना भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेसी डेकोर, युरेशिया रेयुकाइ, एक्सीस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एसजिआई, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निमार्ण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।

वाग्मती सफाइ महाअभियानको २११ औँ हप्ता अर्को साता त्रिपुरेश्वर नयाँ पुल काठमाडाँ पट्टिको भागमा सफाइ गरिने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ललितपुर महानगरपालिका वडा नं १० का नवनिर्वाचित अध्यक्ष नरसिंह व्यञ्जनकारलाई वाग्मती किनारमा स्वागतसहित सम्मान गरिएको थियो । त्यसैगरी तीनवटा एकीकृत बस्ती निर्माण गरी योगदान पु¥याउनुहुने सीताराम कट्टेल (धुर्मुस), सप्तरीमा दृिष्टविहीनका लागि एकीकृत बस्ती निर्माण गरिरहनुभएका कुमार कट्टेल (जिग्री) लाई वाग्मती सफाइ महाअभियानले विशेष सम्मान गरेको थियो ।

कार्यक्रमको सुरुवात जनसङ्ख्या तथा वातावरण सचिव डा विश्वनाथ ओलीले सपथ गराएर गर्नुभएको थियो । समापन कलाकार धुर्मुसले गर्नुभएको थियो । सो अवसरमा कलाकार धुर्मुसले धुर्मुस सुन्तली फाउन्डेसनले सबै नेपाली जात जाति, भाषाभाषी, धर्म संस्कृति अटाउने वस्तीको परिकल्पना गरेको जानकारी दिनुभयो ।

आजैको सफाइदेखि ब्लुक्रस अस्पताल र मेघा अस्पतालले निरन्तर रूपमा एम्बुलेन्ससहित सफाइमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । सफाइमा डा राजु अधिकारी, एलपी भानु शर्मा, अर्जुन धरेल, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐर, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो ।

पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७१ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८० जनाको सहभागिता थियो । सो अवसरमा नदी किनारमा बनाइएको बगैँचामा पनि सरसफाइ गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

यसैगरी रुद्रमती सफाइको १६८ औँ हप्तामा आज काठमाडौँ महानगरपालिकाको वडा नं ९ मा जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० जनाको सहभागिता थियो ।

विष्णुमती सफाइको १४१ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको विष्णुमती र महादेव खोला दोभानमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा १५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

तिलगङगा महिला समूहले तिलगङ्गास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको ११८ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी चक्रपथ सफाइको छैटौँ हप्तामा आज बसुन्धरा चोकबाट पूर्वतिर नारायणगोपाल चोकसम्म सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४०० अभियानकर्मीको सक्रियता थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com