अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत डा. खतिवडालाई वासिंटन डिसीमा स्वागत


प्रकाशित मिति : माघ २४, २०७७ शनिबार

अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत डाक्टर युवराज खतिवडा अमेरिका आइपुग्नुभएको छ । आज कतार एयरलाइन्समार्फत दिउसो २ बजेर ४५ मिनेटमा उहाँ वासिंटन डिसी आइपुग्नुभएको हो ।

वासिंटन डिसीमा रहेको नेपाली दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन कुमार खरेल लगायतको टिम खतिवडालाई विमानस्थलमा स्वागत गर्न पुगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वागतका लागि विमानस्थलमा पुग्नुभएका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले राजदूत खतिवडालाई कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

पूर्वराजदूत डाक्टर अर्जुनबहादुर कार्की हिजो बेलुका कतार एयरवेजमार्फत नै नेपाल फर्किसक्नुभएको छ । झण्डै ५ बर्ष अगाडि राजदूतका रुपमा अमेरिका आएका कार्की कार्यकाल सकिएपछि पनि नयाँ राजदूतको नियुक्तीमा भएको ढिलाई कारण अमेरिकामा नै बस्नुपरेको थियो ।

राजदुत खतिवडा नेपाली अर्थविद् तथा नेपालका पूर्व अर्थमन्त्री हुनुहुन्छ । उहाँ नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर हुनुहुन्थ्यो । उहाँले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा तीन वर्ष अर्थशास्त्रीको रूपमा काम गर्नुभएको थियो ।

युवराज खतिवडा बिक्रम सम्बत २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष हुनुभएको थियो ।

उहाँ ओली मन्त्रिमण्डलका अर्थमन्त्री हुनुहुन्थ्यो । गोकुल बाँस्कोटाले राजिनामा दिएपछि उहाँले  सुचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत काम गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com