न्युयोर्कमा हुने भयो ‘राइड फर नेपाल’, ३ अमेरिकन राइडर्स क्लव सहभागी हुने


प्रकाशित मिति : जेष्ठ २, २०७४ मंगलबार

नेपालको पर्यटन प्रवर्धनको लागी न्यूयोर्कमा “राइड फर नेपाल” नामको विशाल साइकल रैली आयोजना गरिने भएको छ ।

न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको कार्यलयको आयोजनामा नेपालको प्राकृतीक सुन्दरता, एैतिहासिक, पुरातात्विक र धार्मीक सम्पदा र मौलिक कला संस्कृती झल्किने व्यानर सहितका रैली न्यूयोर्कको विशाल शहर म्यानह्याटनको विभिन्न स्ट्रिट हुदै टाइम्स स्क्वायरमा पुगेर समापन हुनेछ । रैलीको लागी अनुमती प्रकृया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागी अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारि दिए ।

“साइकलको लागी सिटी व्यांकसंग र सडकको अनुमतीको लागी सरकारि निकायसंग अनुमतीको काम अघि बढीसकेको छ ।” उनले भने । अमेरिकी समुदाय मात्र नभै विश्वसामु नै नेपालको प्रचार गर्न यो उत्तम उपाय हो भएको श्रेष्ठको दाबी छ । आगामी जुनको अन्तिम साता आयोजना गरिने साइकल रैलीमा न्यूयोर्कका विभिन्न ३ वटा अमेरिकन साइकल राइडरर्स क्लवहरुको पनि सहभागीता रहने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्कको ज्याक्सन हाइटमा नेपाली महाबाणिज्य दूतावास र अवैतनिक पर्यटनदूतद्धारा संयूक्तरुपमा आयोजीत, “नेपालको पर्यटन प्रवर्धनमा न्यूयोर्कका नेपाली संस्थाहरुको भूमिका” विषयक अन्तरक्रियामा कार्यक्रममा महाबाणिज्यदूत पुश्पराज भट्टराइले नेपाल र अन्य मुलुकको पर्यटन पुर्वाधारको तुलनात्मक अध्यायन प्रस्तुत गर्नुभएको थियो । नेपाली कन्सुलर कृष्णकुमार सुवेदीले नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको पर्यटनलाइ अमेरिकी पर्यटनले दहे टेवा दिनसक्ने बताउनु भयो । “अमेरिकी पर्यटकहरु संसारमै सबैभन्दा धेरै खर्चालु मानिन्छन् , हामीले अहिलेको संख्यामा उल्लेख्यबृद्धि गर्न जरुरि छ ।” सुवेदीले भन्नुभयो ।

नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पर्यटनदुत श्रेष्ठले नेपाली महाबाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा पर्यटन प्रवर्धनका लागी नौँ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए । नेपाली विद्यार्थी अध्यायन गर्ने विद्यालय तथा कलेजहरुमा नेपाल चिनाउने विभिन्न पोस्टर पम्प्लेटहरु वितरण गर्ने र संस्कृतिक कार्यक्रम गर्ने, न्यूयोर्कका ट्याक्सिहरुमा भिजिट नेपालको स्टिकर टास्न पहल गर्ने लगायतका कार्यक्रमहरु कार्ययोजनामा समेटिएका छन् ।

त्यसैगरि, अमेरिकी मुलधारका पत्रकारहरुलाइ नेपाल भ्रमणमा लगी विभिन्न प्रचारात्मक सामग्री प्रकाशन, प्रशारणको लागी पहल गर्ने, गैरआवासिय नेपालीसंगको समन्वयमा अतिथि देवो भवः कार्यक्रमलाई अभियानको रुपमा विकास गर्ने तथा अमेरिकी सरकारी तथा गैरसरकारी निकायले संचालन गर्ने सडक महोत्सव तथा फुड फेस्टिवलहरुमा सहभागिता जनाउने कार्यक्रम कार्ययोजनामा समेटिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com