राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक शाहीको निधन


प्रकाशित मिति : पुस २६, २०७७ आईतबार

राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । आइतबार राती ९ः३० बजे दैलेखको चोरत्तामा शाहीको निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उनी पछिल्लोसमय विभिन्न रोगबाट ग्रसित थिए ।

उनले सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । १९९४ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनको भूमिका पनि महत्वपूर्ण थियो । शाही एन्फाका पूर्व महासचिव समेत हुन् ।

शाहीको सोमबार दिउँसो दैलेखमै अन्तिम संस्कार गरिने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com