राहत चेक प्राप्त भएन? यसरी हेर्नुहोस् अनलाइनबाट


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

यदि तपाईले अमेरिकी सरकारले प्रदान गर्ने ६ सय डलरको राहत चेक प्राप्त गर्नुभएको छैन भने त्यसको अवस्थाबारे अनलाइनबाट हेर्न सक्नुहुनेछ । आईआरएसले राहत चेकको अवस्थाबारे जानकारी दिन अनलाइन टुल सकृय बनाएको छ ।

अनलाइन टुलमार्फत तपाईले राहत चेक कुन मितिमा कुन माध्यमबाट पठाइएको भन्ने जानकारी प्राप्त गर्न सक्नुहुनेछ । पहिलो १२ सय डलरको राहत चेक र दोश्रो ६ सय डलरको राहत चेकबारे जानकारी अनलाइनबाट प्राप्त हुनेछ ।

अनलाइनमार्फत चेक गर्न यहाँ क्लीक गर्नुहोला ।

त्यसका लागि तपाईले अनलाइनमा क्लीक गरेर आफ्नो सोसल सेक्युरिटी नम्बर, जन्ममिति, स्ट्रीटको ठेगाना र जीपकोड हाल्नुपर्छ । स्ट्रटीको ठेगाना हाल्दा सिटी सहित पूरा ठेगाना नहाली केबल स्ट्रीटकोमात्र ठेगाना हाल्नुपर्छ । त्यसपछि तपाईले आफूले प्राप्त गरेको चेकको विवरण देख्न सक्नुहुनेछ ।

हुलाकमार्फत पठाइएको भएमा कुन मितिमा पठाइएको हो त्यसको जानकारी प्राप्त हुनेछ । बैंक खातामा पठाइएको भएमा कुन मितिमा कुन बैंक खातामा पठाइएको हो, त्यसको जानकारी पनि प्राप्त हुनेछ । यदि तपाईले तोकिएको भन्दा बढी आम्दानी भएका कारण आंशिक रुपमा मात्र राहत रकम प्राप्त गर्नुभएको छ भने अनलाइनमार्फत जानकारी प्राप्त नहुनसक्ने आईआरएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआएरसले हुलाकमार्फत राहत चेक र डेबिट कार्ड पठाउन सुरु गरेको छ भने बैंकमा पनि दुईचरणमा डिपोजिट गरिसकेको छ । राहत चेक प्राप्त गर्न कुनै कदम चाल्नु नपर्ने आईआरएसले जनाएको छ ।

राहत चेक अटोमेटिक रुपमा नै डिपोजिट हुने भएकाले बैंक वा आईआरएसले रकम आउने मितिका सन्दर्भमा सम्पर्क नगर्न सुझाव दिइएको छ । पहिलो चरणको राहत चेक जस्तै अधिकांशले स्वत दोश्रो चरणको राहत चेक प्राप्त गरिरहेका छन् । पहिलो चरणको राहत चेक बैंकमा प्राप्त नगरेका र हुलाकमार्फत कागजी चेक प्राप्त गरेकाहरुले सामान्यतया दोश्रो चरणको राहत चेक पनि कागजी रुपमा वा डेबिट कार्डमार्फत नै प्राप्त हुनेछ ।

कागजी रुपमा वा डेबिट कार्डमार्फत राहत चेक पठाउने काम जनवरीभित्रमा पूरा गर्ने आईआरएसले जनाएको छ । पहिलो वा दोश्रो राहत चेक नपाएका योग्य व्यक्तिले भने सन् २०२० को ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न र प्राप्त गर्न सक्नेछन् । यसैबर्ष अमेरिका आएका वा नयाँ बच्चा जन्मिएका वा अन्य कुनै कारणले पूरै रकम नपाएकाहरुले ट्याक्स फाइल गर्दा रकम दावी गर्न सक्नेछन् ।

फर्म १०४० वा फर्म १०४० एसआरमा त्यस्तो क्रेडिट दावी गर्ने विकल्प दिइएको हुन्छ । हालै ग्रयाजुएट भएका कैयन व्यक्ति ट्याक्स फाइल गर्दा रकम प्राप्त गर्न योग्य हुने जनाइएको छ ।

दोश्रो चरणको राहत चेक रहेकले ६ सय डलर, १७ बर्षभन्दा मुनीका योग्य बालबालिकाहरुले ६ सय डलर र दम्पत्तिले १२ सय डलर प्राप्त गर्नेछन् । ७५ हजार भन्दा आम्दानी भएका व्यक्ति वा संयुक्त फाइल गरेका १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले पूरै रकम प्राप्त गर्नेछन् । त्यो भन्दा माथि आम्दानी हुनेहरुका सन्दर्भमा रकम घट्दै जानेछ ।

सन् २०१९ को ट्याक्स फाइल गरेकाहरुलाई रकम अटोमेटिक रुपमा प्रदान गरिनेछ । पहिलो राहत चेकका लागि नोभेम्बर २१ भित्र सफलतापूर्वक नन फाइलरका रुपमा अनलाइनमार्फत दर्ता गराएका, साधारण ट्याक्स फाइल गरेर आईआरएसले प्रकृयामा लगेकाहरुले पनि दोश्रो चरणको राहत चेक अटोमेटिक रुपमा पाउनेछन् । उनीहरुले पुन दर्ता गर्नुपर्ने छैन ।

हालै बैंक एकाउन्ट परिवर्तन गरेकाहरुका सन्दर्भमा आईआरएसले आफ्नो फाइलमा रहेको एकाउन्टमा रकम पठाउन प्रयास गर्छ । बैंक एकाउन्ट बन्द भएका कारण रकम नगएको खण्डमा चेकमार्फत हुलाकबाट पठाइन्छ । कुनै पनि माध्यमबाट रकम प्राप्त नगरेकाहरुले ट्याक्स फाइल गर्दा रकम दावी गर्न सक्नेछन् ।

जनवरीको पहिलो सातासम्म पनि बैंकमा रकम नआएकाहरुले हुलाकबाट चेक आए नआएको हेर्न आवश्यक छ । उनीहरुले या त हुलाकबाट चेक पाउनेछन्, या त डेबिट कार्ड पाउनेछन् । पहिलो चरणको रकम डेबिटकार्डमार्फत पाएकाले अहिले कागजी चेकमार्फत वा पहिलो चरणको रकम चेकमार्फत पाएकाले अहिले कार्डमार्फत पनि पाउन सक्नेछन् ।

पहिलो चरणको राहत चेकका लागि एकजनाको मात्र सोसल सेक्युरिटी नम्बर भएका तर संयुक्त रुपमा फाइल गरेका दम्पत्तिहरु सेनाको सदस्य नभएसम्म रकम पाउन अयोग्य भएका थिए । तर दोश्रो चरणको राहत चेकको योग्यता बढाइएको छ ।

यदि कसैले ट्याक्स पनि फाइल गरेको छैन र अनलाइनमार्फत नन फाइलरका रुपमा दर्ता पनि गरेको छैन भने त्यस्तो व्यक्ति पनि राहत चेक पाउन योग्य हुनेछ । उनीहरुले सन् २०२० को ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न र प्राप्त गर्न सक्नेछन् ।

राहत चेक प्राप्त भइसकेपछि प्राप्त हुने पत्र वा आईआरसको सुचनालाई सुरक्षित राख्न र ट्याक्स रेकर्डका रुपमा प्रयोग गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com