आज दिउँसो राष्ट्रिय सभाको बैठक बस्दै


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

आज अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ । प्रतिनिधिसभा विघटन भएपछि १७ गतेबाट सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्न लागेको हो। आजको बैठकमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका तर्फबाट राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com