ग्राहकको आँखा नलाग्ने सुन्तलाबाट जुस


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन् ।

सबै ग्राहकका आँखा लाग्ने सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट (साना सुन्तला) जुस बनाउने कामसमेत शुरु गरिएको छ । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए ।

उनले भने, “वास्तवमा साना सुन्तला जुन बिक्री हुँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन् त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो । सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।”

जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ । जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयको भनाइ छ । बाइस जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम लिएका छन् । अघिल्लो वर्ष जुस बनाउने एउटा जुसर मेसिन रातोपाण्डा कृषि सहकारीलाई दिइएको थियो । अब सुन्तला जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको प्रमुख बस्नेत जानकारी दिए ।

अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला बिक्री, वितरण कम भएको कुशे गाउँपलिका–५ दमदालाका अगुवा कृषक शक्ति ओलीले जानकारी दिए । सुन्तला बिक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्याउने अभियानमा लागेको कृषक ओलीले बताए । उनले भने, “सुन्तला बिक्री गरी घरको सबै आवश्यकता पूरा गर्दै आएको अवस्था छ ।”

त्यस्तै अर्का अगुवा कृषक नलगाड नगरपालिका–३ का कमल पुनले भने, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँभरि सुन्तलामय भएको छ ।”

कृषक अब व्यापारी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले कृषकलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण र लाभग्राहीको अनुगमन गर्न लाभग्राहीको प्रतिनिधित्व रहने गरी परियोजना कार्यान्वयन एकाइमा जोन स्थापनाका लागि सूचीकृत भएका निश्चित क्षेत्रभित्रका संस्थाको प्रतिनिधित्व हुने गरी नौ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ । जनसिद्धि कृषि सहकारी संस्था कुशे गाउँपालिका–५ दम्दालाका लोकेन्द्र वलीको संयोजकत्वमा समन्वय समिति गठन भएको हो ।

समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, कृषक समूह, सहकारी, उद्यमी आदिको विवरण अध्यावधिक गर्ने, कृषकको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाका सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ । त्यस्तै योजना तर्जुमा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा परियोजना कार्यान्वयन एकाइलाई सहजीकरण गर्नेलगायतका कार्य गर्ने जोन प्रमुख बस्नेतको भनाइ छ ।

सुन्तला जात फलफूल जोनको कार्यक्षेत्र रहेका चार वटा स्थानीय तह कुशे गाउँपालिका, नलगाँड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाका कृषकलाई सक्रिय बनाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com