संरक्षणका लागि कहिले ध्यान पुग्ला ऐतिहासिक देवलको ?


प्रकाशित मिति : पुस १३, २०७७ सोमबार

hL0f{ aGb} uPsf b]jn ;’v]{t, ( sflt{s -/f;;_ M dxfef/t sfndf kf08jx?n] sf}/jx?dfly ljho u/]kZrft ljho:tDesf ?kdf lgdf{0f ePsf] ljZjf; ul/Fb} cfPsf h’Dnf l;+hf ufpFkflnsfsf] lji6af6f / hfFr ufpFdf /x]sf b]jn . ;+/If0f gx’Fbf b]jnx? hL0f{ aGb} uPsf 5g . t:jL/ M z’/axfb’/ l;+x

जाजरकोटको छेडागाड नगरपालिका–८ घोगी पजारुमा रहेका चैत्य गुम्बाअर्थात् प्राचीन देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमा परेका हुन् ।

तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेले शासन गरेको र उनीहरुले नै यी देवल बनाएको जाजरकोटको इतिहासबारे जानकारको भनाइ छ । ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य गुम्बाअर्थात् देवल संरक्षणको अभावमा मासिने खतरा बढेको छ । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्नसके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयवासीको भनाइ छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । स्थानीयवासीले देवल क्षेत्र अतिक्रमण गर्दै गइरहेका छन् ।

देवल क्षेत्र ओझेल परेपछि यसको मौलिकता र महत्व पनि हराउने खतरामा पुगेको स्थानीयवासीको चिन्ता छ । सदरमुकाम खलङ्गा र अन्य शहरी क्षेत्रबाट देवल क्षेत्रमा पुग्नका लागि सहज पहुँच मार्ग नभएको र देवल क्षेत्रको पुनःनिर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेका कारण देवल क्षेत्र ओझेलमा परेको स्थानीयवासी रामबहादुर बिसीले जानकारी दिए  ।

करिब ७०० वर्षअघि निर्माण भएका ती चैत्य गुम्बाअर्थात् देवलको उचित संरक्षण र प्रचारको अभाव हुँदा बाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासी नै देवलको महत्व र ऐतिहासिकताबारे बेखबर भएका छन् । सडक पहुँच र अन्य आवश्यक पूर्वाधारको निर्माण नहुँदा महत्वहीनजस्तै बनेको उक्त देवल क्षेत्रको संरक्षण र प्रचारप्रचारमा सरोकावालाले उचित ध्यान र चासो दिए जाजरकोट जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासी रतीवानबहादुर बुढाले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जाजरकोट जिल्लाका अन्य पर्यटकीय क्षेत्रभन्दा बढी सुन्दरता, कला, सामाजिक महत्व र ऐतिहासिकता झल्काउने यी देवल रहेको क्षेत्रमा पर्यटक पुग्न आवश्यक पूर्वाधार तयार नभएको उनले बताए । जताततै पर्यटकीय क्षेत्रको चर्चा भइरहे पनि स्थानीय सरकार र अन्य निकायले देवल क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन नसकेको उनले गुनासो गरे।

पटकपटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले रु १० लाख जति रकम विनियोजन गरेको भए पनि रकम खासै सदुपयोग हुन सकेको छैन । सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधारका काम हुन सकेको छैन । तीन रोपनी जग्गाभित्र रहेका १३ वटा देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित पार्ने गरेको छ तर उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पजारुको घोगीस्थित चैत्य गुम्बाअर्थात् देवल क्षेत्रको संरक्षण र प्रवद्र्धनतर्फ आफूहरुले विस्तृत योजनाको तयारी गरिरहेको बताए। उनले भने, “जाजरकोट जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको पजारुको घोगीस्थित देवल क्षेत्र पुग्नका लागि सडक यातायातको पहुँच पुर्याउन पहल भइरहेको छ ।”

जिल्लाकै पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने पजारुको देवल क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सबै पक्ष लाग्न आग्रह गरे । यस्ता ऐतिहासिकस्थलको समेत प्रचार गर्नसके पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ ।

त्यस्तै इतिहास बोकेको भेरी नगरपालिका–१ कालेगाउँ शिवालयमा रहेका महत्वपूर्ण मन्दिरसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । कच्ची सडकसँग जोडिएको भए पनि थप विकासतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् ।

“इतिहास निर्माण गर्ने अधिकार छ तर भत्काउने अधिकार कसैलाई पनि छैन”, स्थानीयवासी सहदेव बस्नेतले भने । त्यस्तै जाजरकोट दरबार पनि पर्यकीय सम्भावना बोकेको एक गन्तव्य हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com