१४ नयाँ अध्यागमन न्यायाधिस नियुक्त, नेपालीमाझ चर्चित वकिल थोमस न्युयोर्कको अदालतमा न्यायाधिस


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

महान्यायाधिवक्ता विलियम बारले जाँदाजाँदै १४ अध्यागमन न्यायाधिसहरु नियुक्त गरेका छन् । जसमध्ये ६ जना न्युयोर्कको अदालतमा नियुक्त गरिएका छन् ।

यसअगाडि नेपालीमाझ चर्चित वकिल थोमस मुनगोभनलाई न्युयोर्कको भेरिक स्ट्रीटमा रहेको अध्यागमन अदालतमा न्यायाधिस नियुक्त गरिएको थियो । सन् २००४ देखि सन् २०२० सम्म न्युयोर्कमा निजी ल फर्म संचालन गरेका उनले नेपालीहरुका सयौं एसाइलमका मुद्दाको प्रतिनिधित्व गरेका थिए ।

उनले न्युयोर्कमा मुनगोभन एण्ड एसोसिएट्स पीसीको नेतृत्व गर्दै आएका थिए । मुनगोभन न्युजर्सी स्टेट बार र न्युयोर्क स्टेट बारका सदस्य समेत हुन् । हन्टर कलेजबाट सन् २००१ मा आर्टसमा ब्याचलर गरेका उनले सन् २००४ मा सेन्ट जोन्स युनिभर्सिटी स्कुल अफ ल बाट जुरिस डाक्टर गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थोमससँगै २० जनालाई अध्यागमन न्यायाधिसमा नियुक्त गरिएको थियो । जसमा ४ जना न्युयोर्कको अध्यागमन अदालतमा नियुक्त गरिएको थियो । न्युयोर्कको भेरिक स्ट्रीटमा अब थोमससँगै १२ जना न्यायाधिसहरु भएका छन् । ब्रोडवेमा २० र फेडरल प्लाजामा ३७ जना अध्यागमन न्यायाधिसहरु रहेका छन् ।

अहिले भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेको अध्यागमन अदालत हिराशतमा रहेकाहरुको सुनुवाईको लागि र फाइलिङका लागि खुल्ला रहेको छ । ब्रोडवेमा रहेको अध्यामगन अदालत भने फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com