४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्यले तिरिदिने कार्यक्रमका लागि पुन: आवेदन खुल्ला


प्रकाशित मिति : पुस ६, २०७७ सोमबार

कम आम्दानी हुने न्युयोर्कबासीहरुको ४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्य सरकारले तिरिदिने कार्यक्रमका लागि पुन आवेदन खुल्ला भएको छ । न्युयोर्क राज्यको भाडा सहायता कार्यक्रम अन्तरगत कोरोनाको महामारीबाट प्रभावितहरुका लागि यो कार्यक्रम ल्याइएको हो ।

डिसेम्बर १८ देखि आवेदन अवधि खुलेकोमा फरबरी १, २०२१ सम्म आवेदन दिन सकिने भएको छ । पहिले नै आवेदन दिएकाले पुन: आवेदन दिन आवश्यक छैन । तर अपूरो आवेदन दिएकाले पुन: आपेदन दिनसक्नेछन् ।

कोरोनाको महामारीपछि आम्दानी गुमाएका भाडावालहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् भने यो कार्यक्रम अन्तरगत योग्य भाडावाललाई एकपटकको रेन्टल सब्सीडी प्रदान गरिनेछ । उक्त रकम सिधै घरवेटीलाई पठाइने छ भने उक्त रकम आवेदकले राज्य सरकारलाई पुन तिर्नु नपर्ने जनाइएको छ ।

अनलाइनमार्फत आवेदन दिनका लागि र कार्यक्रमबारे थप थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोला ।

यो कार्यक्रमका लागि योग्य हुनका लागि मार्च १ भन्दा पहिले र आवेदन दिने बेलामा घरको आम्दानी उक्त क्षेत्रको औषत परिवारको आम्दानी भन्दा ८० प्रतिशत कम हुनुपर्छ र आम्दानीको ३० प्रतिशतभन्दा धेरै भाडामा तिरेको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि यदि तपाई क्वीन्समा बस्नुहुन्छ भने एकजनाको परिवारका लागि बार्षिक आम्दानी ६३ हजार ७ सयभन्दा कम, दुईजनाको परिवारका लागि बार्षिक आम्दानी ७२ हजार ८ सयभन्दा कम, तीनजनाको परिवारका लागि बार्षिक आम्दानी ८१ हजार ९ सयभन्दा कम, ४ जनाको परिवारका लागि बार्षिक आम्दानी ९० हजार ९ सय ५० भन्दा कम, ५ जनाको परिवारका लागि बार्षिक आम्दानी ९८ हजार २ सय ५० भन्दा कम छ भने तपाई यो कार्यक्रमका लागि योग्य हुनसक्नुहुनेछ ।

न्युयोर्क राज्यका विभिन्न क्षेत्रको औषत आम्दानी हेर्न यहाँ क्लिक गर्नुहोला ।

आवेदन दिनका लागि घरको मध्ये कोही सदस्य अमेरिकी नागरिक वा योग्य आप्रवासी स्टाटसमा भएको हुनुपर्छ । मिश्रित स्टाटस भएको व्यक्ति समेत योग्य हुनसक्छन् । उदाहरणका लागि कसैको घरमा अमेरिकामा जन्मेको बच्चा छ भने त्यस्तो परिवारले आवेदन दिनसक्छ । न्युयोर्कको आईडीएनवाईसीलाई समेत परिचयपत्रका रुपमा स्वीकार गरिनेछ । परिवारले अप्रिल १ देखि जुलाई ३१ को अवधिमा आम्दानी गुमाएको हुनुपर्छ ।

आवेदन स्वीकृत भएमा भाडाको रकम सिधै घरवेटीलाई पठाइनेछ भने मार्च १ देखि यता घरको भाडामा खर्च गरिएको आम्दानीको प्रतिशतको फरक रकम र आवेदन दिनेबेलामा घरको भाडामा खर्च गरिएको आम्दानीको प्रतिशतको फरक रकम सहायताका रुपमा उपलब्ध गराइनेछ ।

आवेदन दिनका लागि लिजको कागजपत्र हुन आवश्यक छैन । यो कार्यक्रमका लागि योग्य हुनका लागि भाडा नतिरेको व्यक्ति हुन जरुरी छैन । विगतका महिनाको भाडा तिरिसकेको व्यक्ति भएपनि उक्त व्यक्तिका लागि उक्त रकम भविश्यको भाडाको क्रेडिट स्वरुप प्राप्त हुनेछ । अपार्टमेन्टमा बस्ने, एकल परिवारवाला घरमा बस्ने लगायतका व्यक्ति कार्यक्रमका लागि योग्य हुनेछन् ।

यो कार्यक्रम पहिले आवेदन दिनेलाई पहिले सुविधा दिने प्रकारको नभएको जनाइएको छ । तर कम आम्दानी हुने र बढी भाडा तिर्नुपर्ने परिवारलाई प्राथमिकता दिने होम्स एण्ड कम्यनिटी रिन्युवलले जनाएको छ । आवेदन दिइसकेपछि योग्य भएनभएको बारे र घरवेटीलाई रकम पठाइएकोबारे आवेदकलाई सुचना पठाइने जनाइएको छ ।

यो कार्यक्रममा सहभागी हुनका लागी योग्यताबारे थाहापाउन वा थप बुझ्न ३११ मा कल गरेर टेनान्ट हेल्पलाइन भन्न सक्नुहुनेछ । आफ्नो आवेदनमा सहायताका लागि होम्स एण्ड कम्यनिटी रिन्युवलको कल सेन्टर ८३३ ४९९ ०३१८ मा फोन गर्न सक्नुहुनेछ । विहान साढे बजेदेखि बेलुका ५ बजेसम्म सोमबारदेखि शुक्रबारसम्म कलसेन्टरहरु खुला हुनेछन् । कल सेन्टरहरु डिसेम्बर २४, २५, ३१ र जनवरी १ मा भने बन्द रहनेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com