बम विस्फोटमा परी एकै परिवारका सातको मृत्यु


प्रकाशित मिति : बैशाख २८, २०७४ बिहीबार

अफगानिस्तान, वैशाख । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

यस घटनामा मारिएका सबै एक परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान जिल्लामा दुडिरहेको एक सवारी साधान विस्फोट पदार्थमा ठोक्किँदा सो सवारी साधनमा भएका सबै व्यक्ति मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरको भएको यस आक्रमणमा तालिवान आतङ्ककारी समूहको हात रहेको वालिजादाले दावी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र त्यहाँ जारी द्वन्द्वको क्रममा भएका हिंसा र हत्यामा परी करिब ७१५ सर्वसाधारण व्यक्तिको मृत्यु भएको छ भने, अन्य एक हजार ४६० भन्दाबढी व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।रासस÷सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com