१२ सय डलरको राहत चेक नपाएकाहरुले यसरी पाउनेछन् बढी रिफण्ड


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

तपाई १२ सय डलरको राहत चेक पाउनका लागि योग्य हुनुहुन्थ्यो तर उक्त चेक पाउनुभएन ? चिन्ता नगर्नुहोस् । तपाईले राहत चेकका लागि अनलाइनबाट दर्ता गर्ने डेडलाइन छुटाउनुभयो वा योग्य हुँदा हुँदै पनि अन्य कुनै कारणले राहत चेक पाउनुभएको थिएन भने तपाईले सन् २०२० को ट्याक्स फाइल गर्दा उक्त रकम प्राप्त गर्न सक्नुहुनेछ ।

ट्याक्स फाइल गर्दा १०४० वा १०४० एसआरमा तपाईले पाउनुपर्ने राहतचेकबारे दावी गर्न सक्नुहुनेछ । कम आम्दानी भएका कारण वा अन्य कुनै कारणले ट्याक्स फाइल गर्न नपर्नेहरुले समेत १२ सय डलरको क्रेडिट प्राप्त गर्नका लागि यी फर्महरु भर्न सक्नुहुनेछ । साथै पाउनुपर्ने पूरै रकम नपाएकाहरुले पनि दावी गर्न सक्नुहुनेछ ।

सामान्यतया तपाईले दावी गरेपछि तपाईले पाउने रिफण्ड रकममा उक्त राहत चेकको रकम समेत जोडिएर प्राप्त हुनेछ । यदि तपाईले रिफण्ड पाउने अवस्था छैन र ट्याक्स तिर्नुपर्ने अवस्था छ भने पनि तपाईले तिर्नुपर्ने रकममा राहत चेकको रकम घटाएर तिर्नपाउनु हुनेछ । उदाहरणका लागि तपाईले २ हजार डलर ट्याक्स तिर्नुपर्नेमा राहत चेकको १२ सय घटाएर ८ सय डलरमात्र तिरे पुग्ने हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईले १२ सय डलरको राहत चेक पाउनुभएको थियो वा विवाहित जोडीले २४ सयको राहत चेक पाउनुभएको थियो वा हरेक योग्य बच्चाहरुको अतिरिक्त ५ सय डलर पाउनुभएको थियो भने तपाईले फर्म १०४० वा १०४० एसआरमा रिकभरी रिबेट क्रेडिटका सन्दर्भमा कुनै विवरण भर्नुपर्दैैन । किनभने तपाईले पाउनुपर्ने पूरै रकम पाउनुभएको छ ।

सन् २०२० मा अमेरिका आएका कारण तपाईले राहच चेक पाउनुभएको छैन भने पनि चिन्ता नगर्नुहोला । सन् २०२० मा अमेरिकी नागरिक वा ग्रिनकार्ड होल्डर भएकाहरु वा अमेरिकामा आवासीय स्टाटसमा रहनुभएका व्यक्तिले समेत ट्याक्स फाइल गर्दा यो रकम दावी गर्न सक्नुहुनेछ । आगामी जनवरीपछि सन् २०२० को ट्याक्स फाइल गर्दा अरुले डिपेन्डेन्ट दावी गरेका व्यक्तिले भने यो रकम पाउनेछैनन् ।

अमेरिकन सामोआ, गुआम, पोर्तोरिको, युएस भर्जिन आइल्याण्ड, नर्दन मारियाना आइल्याण्ड लगायतका अमेरिकन भूभागमा बस्नेहरुले पनि राहत चेक वापतको रकम पाउन योग्य हुनेछन् । यो रकमको ट्याक्स तिर्न पर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com