तीनै तहका निकायमा अर्थपूर्ण महिला सहभागिताको माग


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज) ले बिहीबार संयुक्तरूपमा आयोजना गरेको ‘महिला नेतृत्व, शक्ति सम्बन्ध तथा महिला मानव अधिकार’ विषयक अन्तरक्रियामा वक्ताहरुले महिला अहिले पनि शोषित, पीडित नै रहेकाले सशक्तीकरण गरी तीनै तहका सरकारका निकायमा सहभागी गराइनुपर्नेमा जोड दिएका हुन् ।

राइजका अध्यक्ष वरिष्ठ अधिवक्ता साधना श्रेष्ठले महिला आर्थिकरूपमा सक्षम भएमात्र उनीहरुको हक अधिकार सुनिश्चित हुने धारणा राखिन्। आर्थिक दृष्टिकोणले असक्षम हुने बित्तिकै महिलाहरु शोषित हुने गरेको श्रेष्ठले बताइन् ।

नेपाल बार एसोसिसनका सदस्य रक्षा बस्यालले नेतृत्व तह गम्भीर नभएसम्म महिलाको समस्या समाधान हुन नसक्ने बताए । ललितपुर बारका अध्यक्ष अर्जुन महर्जनले नेपालको संविधानमा महिला हक अधिकारका बारेमा उत्कृष्ट प्रावधान रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन आवश्यक भएको बताए। महिला अधिकारकर्मी कोपिला डङ्गोलले राज्यका सबै तह र तप्कामा महिलाको व्यावहारिक प्रतिनिधित्व हुनुपर्ने बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा विभिन्न पेशामा आबद्ध महिला अधिकारकर्मीको सहभागिता रहेको थियो । सहभागी महिलाले तीनै तहका सरकारका विभिन्न निकायमा महिलाको सहभागिता अर्थपूर्णरूपमा बनाइनुपर्नेमा जोड दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com