ॠषि बस्ताकोटीको “थियौ तिमी दिलमा” राज सिग्देलको स्वर


प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

नेपालीसुगम संगीतका लोकप्रिय गायक राज सिग्देलकोस्वरमा “थियौ तिमी दिलमा” गजल  सार्वजनिक गरिएकोछ । गजलकार डा. ऋषि बस्ताकोटीको रचना र राजेश थापाको संगीत रहेको उक्त गजलमा रिदम कंडेलले संगीत संयोजन गरेका छन् ।

काठमाडौंको ए-प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कुशल थापाले गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग (ध्वनी सम्पादन) चाही साजन शाहले गरेका छन। द टच कृयसनले बजारमा ल्याएको उक्त गजलमा गायकराज सिग्देल कै अभिनय देख्न सकिन्छ । भिडियो प्रवेश राइको छायाङ्कन, शुवास शाह र अल्बर्ट बस्तकोटीको सम्पादनमा तयार पारिएको हो।

हेर्नेगीतको प्रभाव बढिरहेको समयमा आफूहरूले गम्भिर प्रकृतिको सुन्ने गीत/गजल ल्याएको र आफ्ना पुराना सिर्जना जस्तै यो गजल पनि स्रोता- दर्शकले मन पराइदिनेमा आफू आशावादी भएको विश्वास व्यक्त गर्छन गायक राज सिग्देल।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज सिग्देलको स्वरमा सजिएका “ऊ जितेर गइया हारेर गई” लगायतका गीतहरू निकै लोकप्रिय छन। दुई दशक. लामो संगीतिक जीवनमा बिभिन्न सांगीतिक प्रयोगगर्दै आएका संगीतकार राजेश थापाले यो गजलमा स्रुति मिठास आउने गरी केही भिन्न प्रयोगको प्रयास गरेको बताउछन। राजेशले संगीत गरेका ‘हुरीमा दियो जलेको देख्छु’ लगाएतका लोकप्रिय गीतहरू सांगीतिक बजारमा छन्।

गजल लेखनमा करीव साढे दुइदशकभन्दा लामो इतिहास बनाएका साहित्यकार डा. ऋषि बस्तकोटीले यो गजलमा प्रेम मनोविज्ञानको भित्री तहमा पुगेर वियोगान्त कथालाई सुललित ढंगले प्रस्तुत गरेका छन् । डा. ऋषि बस्ताकोटीका यस अघि “ज्वालाका रापहरू” गजल संग्रह र “गजल स्पर्श” गजल एल्बम प्रकाशित छन् भने अन्य फुटकर गीत गज़लहरू पनि नेपालका प्रतिष्ठित संगीतकार र गायक गायिकाहरूसंगको सहकार्यमा नियमित रुपमा सांगीतिक बजारमा आएका छन ।पेशाले वातावरण विज्ञ डा. बस्ताकोटी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।

ॠषि, राज, राजेश र रिदमको सहकार्यमा आएको “थियौतिमी दिलमा” गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ। यो संगीतिक गजलका स्रस्टाहरूले यो गजल एकपटक हेरिदिन अनुरोध गरेका छन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com