सुरेश वाग्लेको रचना र अन्जु पन्तको पहिलो सङ्गीतवद्ध गीतमा छोरी परितोषिकाको डेब्यु, मोडेल कुन्साङ


प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

गायिका अन्जु पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ । परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको गायिका पन्त बताउँछिन् । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ ।

“यो गजल भए पनि आधुनिक किसिमले पहिलो प्रयास स्वरुप मैले सङ्गीत भर्ने प्रयास गरेकी छु, सँगै छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेकी छिन्, त्यसैले पनि यो केही विशेष छ, गायिका पन्तले सुनाइन् ।’ लोकप्रिय गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको कुरा सुनाए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । फिल्म तथा थुप्रै म्युजिक भिडियोमार्फत आफ्नो कामको अब्बलता प्रस्तुत गर्दै आएका खड्काले पहिले जस्तै गायिका पन्तसङ्ग र छोरी परितोषिका पन्तसँगको कामलाई पनि दर्शक तथा स्रोताले मन पराईदिनु हुनेमा विश्वास व्यक्त गरे ।

यता, नयाँ प्रतिभाको रूपमा अभिनय यात्रा प्रारम्भ गरेकी परितोषिका पन्तले आफूलाई ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको तर यो गीत निकै मन परेको कारणले यसमा काम गरेको बताइन् । उनले आफ्नो नयाँ काम अनि नयाँ भिडियो हेरेर लागेको सल्लाह सुझाव र प्रतिक्रिया दिन आग्रह गरेकी छिन् ।

आमा अन्जु पन्त, रचनाकार सुरेश वाग्ले, निर्देशक निकेश खड्का, को–एक्टर कुन्साङ बोम्जन लगायत सम्पूर्ण टिमको सामूहिको हौसलाकै कारण उत्कृष्ट भिडियो बजारमा ल्याउन सफल भएको भन्दै सहयोगी सम्पूर्णप्रति आभार प्रकट गरिन् । यस्तै मोडेल कुन्साङले पनि गायिका पन्तसहितको टिमसँग काम गर्न पाउँदा खुसी लगेको बताए । उनले आफ्नो कामलाई दर्शक स्रोताले मन पराइदिनु हुनेमा विश्वास समेत व्यक्त गरे ।

गीतको भिडियोलाई गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मार्फत हेर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com