७२ प्रतिशत जनतालाई कोभिड-१९ खोप दिने नेपाल सरकारको तयारी


प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार

नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ ।

बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उहाँले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने जानकारी दिए ।

सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भएको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क खोप ल्याउने तयारी गरेको छ । ‘कोभ्याक्स सुविधा’ ले गरिब र कम आय भएका मुलुकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले कोभ्याक्समार्फत ल्याइने खोपका लागि यही मंसिर १९ गते कूटनीतिकपत्र पठाइसकिएको जानकारी दिए ।

पहिलो चरणमा आउने २० प्रतिशतमध्ये सुरुमा तीन प्रतिशत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई दिइनेछ । सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी) सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने छ । उनका अनुसार सरकारले रु ४८ अर्ब खोप ल्याउनका लागि बजेट विनियोजन गरेको छ ।

अहिले फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) र ‘साइनोभ्याक्स’(चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । तीमध्ये फाइजर कम्पनीको खोप सफल परीक्षण भई विश्व वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भर्खरै मान्यता प्रदान गरेको छ ।

नेपाललाई कुन खोप उपयुक्त
नेपालका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाले बनाएको खोप उपयुक्त रहेको देखिएको छ । फाइजरको माइनस ८० डिग्री सेल्सियस तापक्रम र मोडेर्नाले बनाएको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । उक्त दुवै खोप नेपालका लागि उपयुक्त नभएको विज्ञको भनाइ छ ।

अहिले अन्तिम परीक्षणका रुपमा रहेका अक्सफोर्ड– एस्ट्राजेनेकाले बनाएको खोप दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले उपयुक्त हुने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । “हाम्रो यहाँ निकै कम तापक्रममा खोप राख्न सम्भव हुँदैन”, उनले भने, “त्यसैले यहाँको वातावरणअनुसार कम तापक्रममा रहने खोप नै उपयुक्त हुन्छ ।” निकै कम तापक्रममा राख्न मिल्ने खोप केही अस्पतालसँग मात्र राख्न सक्ने क्षमता रहेको उनले बताए ।

खोप ल्याउने तयारी गरिएपछि मन्त्रालयले खोप भण्डारण क्षमता बढाउन थालेको छ । खोप भण्डारणको व्यवस्थापन गर्नका लागि व्यवस्थापकलाई अभिमुखीकरण तालीमसमेत दिइसकिएको छ । डा उप्रेतीले खोप ल्याउनका लागि तयारी द्रूतगतिमा भइरहेको जानकारी दिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com