सुशीला कार्की आइतबार सर्वोच्च फर्कने


प्रकाशित मिति : बैशाख २२, २०७४ शुक्रबार

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च अदालत फर्कने भएका छन्। उनले आइतबारबाटै आफ्नो कार्यभार फेरि सुरु गर्ने सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। सर्वोच्चले शुक्रबार कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि अन्तरिम आदेश जारी गर्दै उनलाई आजकै मितिबाट काममा फर्काउन आदेश दिएको थियो।

‘आज कार्यालय समय सकिएको र भोलि शनिबार परेकाले उहाँले अब आइतबार मात्र सर्वोच्च आएर कार्यभार सम्हाल्नुहुनेछ,’ प्रवक्ता पौडेलले सेतोपाटीसँग भने। प्रधान्यायाधीश कार्कीको म्याद जेठ २४ गतेसम्म छ। प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै दायर रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशमसेर राणाले अन्तरिम आदेश दिएका हुन्।

संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित रहेकी कार्कीलाई न्यायाधीश राणाको इजलासले आजैका मितिदेखि पूर्ववत् अवस्थामा सर्वोच्च अदालतको काममा फर्काउन अन्तरिम आदेशसमेत दिएको छ। महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा अन्तरिम आदेश जारी गरेको हो।

सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश काकीविरुद्ध गत आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसको भोलिपल्टै अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले महाअभियोगविरुद्ध रिट दायर गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com