डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

 

सन् २०१८ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफैसँग राख्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट, ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । आफूलाई डिभी लोटरी परे नपरेको कुरा आगामी सेप्टेम्बर सम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेशन नम्बर नफ्याक्न सुझाव दिइएको हो ।

डिपार्टमेन्ट अफ स्टेट, ब्यूरो अफ कन्सुलर अफेयर्सले भनेको छ सन् २०१७ मे २ देखि २०१७ सेप्टेम्बर ३० सम्म ई–डिभीको वेबसाइटमा उपलब्ध एन्ट्रेन्ट स्टेटस चेक हेर्न सक्नुहुन्छ । एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र तपाईँलै आफू छनोट भए नभएको थाहा पाउन सक्नुहुन्छ । त्यसमा भिसा आवेदन तथा आप्रवासी भिसाको लागि अन्तर्वार्ता मिति र समयबारे थप जानकारी समेत दिइएको हुन्छ । सबै भिसाको उपलब्धता सुनिश्चित गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले २०१७ मे २ पछि थप विजेताहरूलाई सूचित गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्न सक्नेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै पनि अध्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेशन नम्बर २०१८ सेप्टेम्बर ३० सम्म राखिरहनुहोस् । एन्ट्रेन्ट स्टेटस चेक र डाइभर्सिटी भिसाको लागि अनलाइन आवेदन भर्ने अमेरिकी विदेश मन्त्रालयको एक मात्र आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो । डिपार्टमेन्ट अफ स्टेट, ब्यूरो अफ कन्सुलर अफेयर्सको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com