तिहारमा बिक्री भएन पाल्पाली ढाका टोपी र झिनियाँ


प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार

नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा पनि गाउँघरमा तिहारको रौनक छाउन सकेको छैन । त्यसैले यो वर्ष बाहिरबाट भाइटीका लगाउन गाउँ भित्रिनेको सङ्ख्या पनि घटेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताए ।

अघिल्ला वर्षमा तिहारका लागि पाल्पाका विभिन्न बजारमा सामान किनमेल गर्नेको निकै घुइँचो हुने गर्दथ्यो । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि उपहारस्वरुप टोपी लगायतका विभिन्न उपहार किन्न फेन्सी पसलहरुमा भीडभाड हुन्थ्यो ।  यसपालि भने तिहारका लागि उपहार किन्न आउने ग्राहक कम रहेको व्यवसायीहरु बताउँछन् । टीका लगाइदिएपछि दाजुभाइलाई टोपी लगायतका विभिन्न उपहार दिदीबहिनीले दिने र दाजुभाइले दिदीबहिनीलाई नगद तथा उपहार दिने चलन छ । यस उपहारका लागि पाल्पाको ढाका टोपी नेपालमा निकै नै लोकप्रिय छ ।

अघिल्ला वर्षमा टाढाटाढाबाट पनि ढाका टोपी किन्न बजार आउने गरेकामा यसपालि भने टाढा या नजीकै ग्राहक पनि आएका छैनन् । यसैले यस पटक ढाका टोपीको किनबेचमा कमी आएको व्यवसायीको गुनासो छ । कोरोनाको कहरले यस वर्ष ढाकाको व्यवसायलाई पनि क्षति पुगेको उनीहरुको भनाइ छ ।

त्यसैगरी, तिहार पर्वका अवसरमा झिनियाँ रोटीलाई विशेष परिकारका रुपमा लिइने गरिन्छ । पछिल्लो समय तिहारमा झिनियाँ रोटीको प्रयोग बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण यस पटक झिनियाँ व्यवसायमा पनि उतारचढाव आएको छ । अघिल्ला वर्षको तुलनामा व्यापारमा कमी आएको पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अघिल्लो वर्षमा ग्राहकहरु तिहारको रौनक शुरु भएपछि झिनियाँ लिन आउँथे बिक्री गर्न पनि भ्याइनभ्याई हुन्थ्यो, अहिले ग्राहक देखेपछि लैजानुस् न भनेर भन्नुपर्ने अवस्था आएको छ”, उनले भने ।

उनले लामो समयदेखि रामपुरमा झिनियाँ व्यवसाय गर्दै आएका छन् । गत वर्ष  तिहारमा मात्रै रु एक लाख ५० हजार बराबरको झिनियाँ बिक्री गरेका श्रेष्ठले अहिले भने त्यो अवसर नै पाएनन् ।

चामलको पीठोलाई पकाएर मेसिनको सहायताले  झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । घरमै बसेर घरायसी कामकाज गर्दै झिनियाँ बनाएर आयस्रोत बढाउन सकिने लक्ष्मी श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “काम दुःख होइन, घरमै झिनियाँ बनाएर राम्रैसँग आम्दानी गरिन्थ्यो तर यस वर्ष झिनियाँ खरिद गर्ने ग्राहक कम आउँदा व्यापार भएन ।”

विशेषगरी महिलाहरुले झिनियाँ रोटी बनाएर आफ्नो आयस्रोत बलियो बनाउने गरेका छन् । धेरै लगानी र मिहिनेत गर्नुनपर्ने, घरायसी काम गर्दै पनि झिनियाँ बनाएर राम्रै कमाई हुने भएपछि पछिल्लो समय झिनियाँ व्यवसायमा महिलाको आकर्षण बढ्दो छ ।

रामपुर क्षेत्रमा उत्पादन भएको झिनियाँ आकारअनुसार प्रतिदर्जन रु ६० देखि ७० बिक्री हुने गरेको व्यापारी बताउँछन् । तिहारमा दिदीबहिनीले दाजुभाइलाई विशेष परिकारका रुपमा झिनियाँ खुवाउने चलन रहेकाले झिनियाँ खरिद गर्ने गरेको रामपुरका स्थानीयवासी नर्मदा राना बताउँछन् ।

पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि प्रयोग गर्ने गरिएको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघी, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा पनि यसको प्रयोग हुन थालेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com