कुप्रचार र बदनियतको सिकार भयौं


प्रकाशित मिति : भाद्र ६, २०७३ सोमबार

– संजय थापा

अहिले कुप्रचार र बदनियतको सिकार भएर हामीले गरेको व्यवसायको भविष्य अन्योल हुँदै गर्दा समेत लागनी डुब्ने चिन्ताले हैन हाम्रो समाजमा व्याप्त इर्श्या र असहयोगको कारणले नेपाल र नेपालीलाइ फाइदा हुने थुप्रै कामहरु अधुरै रहने चिन्ताले भने सताइरहेको छ ।

प्रवासी नेपाली मंच अमेरिकाको अध्यक्ष समेत रहेको म समेत मुख्य लगानीकर्ता रहेको वर्ल्ड बिजनेस म्यानेजमेन्ट कन्सलटयांन्ट एलएलसी नामक संस्थाले अमेरिकाको मुख्य व्यापारिक शहर न्यूयोर्कको म्यानह्याटनमा गर्न खोजेको व्यापारिक मेलाको सन्दर्भलाइ लिएर बिभिन्न ढङ्गले समाचारहरु प्रकाशन प्रशारण गर्ने कामहरु भैरहेका छन् । र त्यसो गर्दै म लगायत हाम्रो संस्थालाइ समेत बद्नाम गर्ने काम पनि भैरहेको छ । सर्वप्रथम हाम्रो व्यवसायको विषयमा हुँदै नभएको कुराहरु समेत लेखेर गरिएका कतिपय प्रचार र त्यसैसंग म अध्यक्ष रहेको संस्थालाइ समेत जोडेर गर्न खोजिएको वदनामीको निन्दा गर्दछु , र समाजमा ठगी नहोस , नेपाल र नेपालीको अहित हुने काम कतै बाट नहोस भन्ने सदविचार राख्ने सवैलाइ ध्यानमा राखेर निम्न विषय प्रष्ट पार्न चाहन्छु ।

वर्ल्ड बिजनेस म्यानेजमेन्ट कन्सलटयांन्ट एलएलसी आफैंमा स्वतन्त्र संस्था हो र यसको कुनै सम्वन्ध प्रवासी नेपाली मंच संग रहेको छैन । यसका नाफा पनि यसकै र घाटा पनि यसकै हुन् ।

वर्ल्ड बिजनेस म्यानेजमेन्ट कन्सलटयांन्ट एलएलसीले नेपालमा उत्पादित बस्तुहरुलाइ अमेरिकी बजारमा स्थान दिलाउन सकिन्छ कि भन्ने लक्ष्य लिएर व्यापार मेला आयोजना गर्न लागेको सत्य हो । र त्यसो गर्दा केहि मुनाफा पनि गर्ने पनि लक्ष रहेको प्रष्ट हो तर त्यस प्रयोजनको निम्ती आउन चाहने व्यावसायिक प्रतिष्ठानहरुसंग लिखित सम्झौतामा उल्लेखित भन्दा एक पैसा पनि बढी लिने काम भएको छैन । र त्यस्तो गर्ने मनसाय राखिएको थिएन र छैन पनि । यदी हाम्रो कम्पनिका कुनै सदस्य वा कर्मचारीले त्यस्तो गरेका रहेछन भने उनीहरुलाइ हुने जुनसुकै प्रकारको कानुनी कारवाहीमा पनि हाम्रो सहयोग रहने छ , अनि कानुन कार्यान्वयन गर्ने निकायले स्वयँ मलाइ नै दोषी देखेमा पनि म कारवाही भोग्न तयार छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्ल्ड बिजनेस म्यानेजमेन्ट कन्सलटयांन्ट एलएलसी को नाममा ठगि गर्दै पैसा उठाएको भन्ने जानकारी भएपछी हामीले दिएको जानकारीको आधारमा एकजना ठग अहिले नेपाल प्रहरीको हिराशतमा रहेको र छानविन र कारवाहीको चरणमा रहेको पनि जानकारी गराउन चाहन्छु ।

जीवनको पचास बसन्त पार गर्दा थुप्रैको जीवनमा तात्विक फरक पार्ने हिसावले सहयोग गरेको छु भनेर दावी गर्न सक्छु तर कसैलाइ ठगेर वा कसैसंग अनुचित लाभ लिने काम गरेको छैन । र अहिले कुप्रचार र बदनियतको सिकार भएर हामीले गरेको व्यवसायको भविष्य अन्योल हुँदै गर्दा समेत लागनी डुब्ने चिन्ताले हैन हाम्रो समाजमा व्याप्त इर्श्या र असहयोगको कारणले नेपाल र नेपालीलाइ फाइदा हुने थुप्रै कामहरु अधुरै रहने चिन्ताले भने सताइरहेको छ ।

पुनश्च ः म अथवा म सम्वद्ध व्यापारिक प्रतिष्ठानले गरेको जुनसुकै कामको नैतिक जिम्मेवारी लिन तयार रहेको जानकारी दिंदै , भविश्यमा हुने जस्तोसुकै छानविनको निम्ती खुल्ला रहेको जानकारी दिंदै , त्यस्ता कुनै छानविनले मलाइ विश्वास गर्ने कसैको विश्वासमा थोरै पनि ह्रास आउने निष्कर्ष निकाल्न नसक्ने दावी गर्दै , भ्रम , हल्ला , अनि अनुमानको भरमा लेखिने समाचारको पछाडी नलाग्नु हुन अनुरोध गर्दछु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com