चीनसँग सम्झौता गर्न महरा बेइजिङ जाने


प्रकाशित मिति : बैशाख १६, २०७४ शनिबार

चीनसँग ‘वान बेल्ट वान रोड’ परियोजनामा सम्झौता गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा बेइजिङ जाने जनाईएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो महिना चीन भ्रमणको क्रममा जनाएको प्रतिवद्धता अनुसार बेइजिङमा वान बेल्ट वान रोड ओबर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअघि नै नेपालले चीनसँग सम्झौता गर्ने तयारी गरिएको जनाईएको हो ।
चीनले बेइजिङमा मे १४ र १५ मा ओबर सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ, जसमा नेपालबाट सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहित परराष्ट्र, भौतिक योजना तथा निर्माण र वाणिज्य मन्त्रीलाई निमन्त्रणा गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री कार्कीका अनुसार तर ढिलोगरी ओबरमा नेपाल र चीनबीच सम्झौता गर्ने गरी उपप्रधानमन्त्री महराको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बेइजिङ जाने तयारी भएको र त्यही अनुसार चीनलाई जानकारी दिइएको जनाईएको हो ।

‘उपप्रधानमन्त्री महराको नेतृत्वमा बेइजिङ जाने टोलीले चीनसँग ओबरमा सम्झौता गर्ने तयारी भइरहेको छ भने बिहिबार ‘शुक्रबारसम्म बेइजिङ सम्मेलनमा सहभागी हुन आफ्नो नाम दर्ता गराउनु पर्ने भएकाले आज साँझसम्म यस सम्बन्धी निर्णय हुने जनाईएको हो ।

चीनसँग ओबर सम्झौता र सम्मेलनमा सहभागिता सम्बन्धी सम्पूर्ण तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको कार्कीले बताए।

प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा करिब साढे आठ महिनाअघि उपप्रम महराले बेइजिङ पुगेर चीनका प्रधानमन्त्री ली खछ्याङ र परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। महरा अहिले प्रधानमन्त्री दाहालकै आग्रहमा ओबरमा सम्झौता गर्ने गरी बेइजिङ जान लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य भन्छन्, ‘सम्झौता नै गर्ने गरी उपप्रधानमन्त्री महरा चीन जाने तयारी भइरहेको छ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘सम्मेलनका दुई पक्ष छन्, एउटा त्यसमा सहभागी भएर छलफल गर्ने, अर्को औपचारिक रुपमा ओबर परियोजनामा हस्ताक्षर गर्ने,’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले भने, ‘अहिले ती दुवै पक्षमा सरकारले तयारी गरिरहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com