यस्तो छ उपत्यकाका ठूला बस चलाइने मुख्य रुट


प्रकाशित मिति : बैशाख १५, २०७४ शुक्रबार

अब सरकारले पहिचान गरेको नयाँ रुट कार्यान्वयनमा आएपछि कमलपोखरीबाट सीधा बस चढेर एकान्तकुना पुग्न सकिने जनाईएको छ ।

यो रुटमा अब थपिने बस अहिलेको जस्तो साना र सास्ती भोग्नुपर्ने किसिमको पनि हुने छैन । चाबहिलबाट छुटेको बसले बीचभागका यात्रुलाई टिप्दै एकान्तकुना पुर्‍याउनेछ ।

यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार सरकारले एडीबीको सहयोगमा गरेको अध्ययनमार्फत पहिचान गरेका यस्तै सडक, सवारी र यात्रु मैत्री वैज्ञानिक रुटहरुको कार्यान्वयन सुरु भइसकेको जनाईएको हो ।

विस्तृत अध्ययन सकाएर सरकारले काठमाडौंमा अहिले रहेको २ सय भन्दा बढी खण्ड(खण्डका छोटा सवारी रुटलाई एकीकृत गरी ६६ वटामा सीमित गर्न सकिने निष्कर्ष निकालेको छ । अहिले रहेका अब्यवस्थित रुटहरुलाई यसले ब्यवस्थित गर्न सकिने विश्वास गरिएको छ ।
यात्रुको चाप, शहरी भौगोलिकता, दूरी, सार्वजनिक सवारीको वैज्ञानिक ब्यवस्थापनको मर्म लगायतका आधारमा सरकारले उपत्यकाको सवारीलाई ३ तहमा विभाजन गरेर कार्यान्वयन गर्ने अवधारणा ल्याएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशेष गरी सडकको क्षमता र यात्रुको उपलब्धताका आधारमा ठूला, मध्यम र साना सवारी चलाउने गरी प्राइमरी, सेकेण्डरी र टर्सरी गरी ३ भागमा विभाजन गरेर रुटहरु कायम गर्न लागिएको छ । ‘पहिचान भएका रुटहरु कार्यान्वयनमा ल्याउने नीतिगत निर्णय नभएपनि हामीले कार्यान्वयनमा ल्याउने गरी काम थालिसकेका छौं’ पाण्डेले भने,’चाँडै वैज्ञानिक रुटहरु कायम भएर काठमाडौंको शहरी यातायातको अवस्थामा सुधार आउनेछ ।’

कस्तो हो प्राथमिक रुट ?

सरकारले काठमाडौंभित्र ८ वटा प्राइमरी ९प्राथमिक० रुटहरु पहिचान गरेको छ । अध्ययनले औंल्याएको सुझावअनुसार प्राइमरी रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्छन् । यो रुटमा सेमि फ्लोर बस पनि चल्न सक्छन् । अहिले साझाले चलाएका भन्दा पनि ठूला आकारका बस यो रुटमा चल्न सक्छन् ।

विशेषगरी रिंगरोड र रिंगरोडलाई रत्नपार्कसँग जोड्ने मुख्य विन्दुलाई प्राइमरी रुटमा राखिएको छ । यी रुट ठूला बस चल्न योग्य छन् । यात्रुको चाप र सडकको अवस्था हेरेर नै प्राथमिक रुटमा ठूला सवारी चलाउन सुझाव दिइएको छ ।

यात्रुको धेरै चाप हुने र सवारी उपलब्धता असहज भएको क्षेत्रलाई समेटेर प्राथमिक रुटहरु तय गरिएको छ । ‘ठूला बसहरु चलाउन प्राइमरी रुटहरु अत्यन्तै योग्य छन् । ठूला बस हालेपछि अहिले जस्तो धेरै साना सवारी यी रुटमा रहने छैनन्’ प्रवक्ता पाण्डे भन्छन्, ‘अब काठमाडौंमा ठूला बसको युग सुरु भइसकेको छ । त्यसलाई पनि ब्यवस्थित गर्न अब वैज्ञानिक रुपमा पहिचान भएका प्राइमरी रुटहरु सहयोगी हुनेछन् ।’

कुनकुन प्राथमिक रुट ?

उपत्यकामा निर्धारित प्राथमिक रुटको पहलो नम्बरमा घडीको दिशामा चक्रपथ परिक्रमा गर्नेगरी बनाइएको छ । त्यसैगरी घडीको उल्टो दिशामा चक्रपथ परिक्रमा गर्ने गरी अर्को रुट तोक्नुपर्ने सुझाव दिएको छ, जुन रुट नम्बर २ हुने छ ।

नारायणगोपालचोकबाट महाराजगञ्ज- लाजिम्पाट – लैनचौर – जमल – भृकुटीमण्डप- त्रिपुरेश्वर – थापाथली – कुपण्डोल- पुल्चोक- जावलाखेल- लगनखेल हुँदै सातदोबाटोसम्मको रुटलाई तेस्रोमा राखिएको छ ।

ठूला बस चलाउन नारायणगोपाल चोकबाटै महाराजगञ्ज – लाजिम्पाट- लैनचौर – जमल – भृकुटीमण्डप – सिंहदरबार – माइतिघर -नयाँ बानेश्वर – कोटेश्वर – ठिमी – सल्लाघारी हुँदै सूर्यविनायक पुग्ने अर्को रुट प्रस्ताव गरिएको छ । यो रुटमा अहिले साझाले पनि सञ्चालन अनुमति मागेको छ ।

अनलाईन खबर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com