अस्पतालमा बिरामीको सेवापछि सडकमा भोकालाई खुवाउँदै र अशक्तको सेवा गर्दै मीरा


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

– अस्मीता खड्का

काठमाडौँमै जन्मेहुर्केकी मिरा पेसाले नर्स हुन् । हस्पिटलको ड्यूटीपछि उनलाई धेरै समय सडकमा भौतारिदै हिडेको देख्न पाइन्छ । मीरा हस्पिटलको काम सकेपछि कहिले झोलामा त कहिले गाडीमा खाना बोकेर सडक र पीडितहरुको आँगनमा पुग्दछन् । कोरोनाको कारण रोजगारी गुमाएर र भाडा तिर्न नसकेर सडकमा पुगेका भोकाहरुको लागि आजभोली खान खुवाउनमै व्यस्त छन् ।

कोरोना संक्रमण बढिरहेको छ डर लाग्दैन यसरी सडकमा खाना बोकेर हिड्न ? भन्ने हाम्रो प्रश्नमा मीरा भन्छिन् “एकातिर कोरोनाको महामारी बढ्दो छ कतै आफु नै संक्रमित हुने त होइन भन्ने डर छ । तर, सयौं बिरामी अन्य दुःखी पीडतहरुको फोन आउँछ । उहाँहरुको कुरा सुन्दा मनले मान्दैन अनि निस्कन्छु । आफुलाई सुरक्षित राख्दै आजको दिनसम्म सेवामै छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मीरा केसीले नर्सिङको अध्यायन पुरागर्न बित्तिकै आफ्नो सम्पूर्ण जिवन समाजसेवामा लगाउने अठोट गरेकी थिइन् । समाजसेवामा समर्पित मीरालाई विवाह गर्नुपर्ने आमाबुबाको दवावसँग जुध्न कुनै समय निकै गाह्रो भएको सुनाईन् । विवाह गरेर एउटा घरमा सिमित हुनुभन्दा सम्पूर्ण समय समाजसेवामा लगाउन पाउँदा आफूलाई सबैभन्दा भाग्यमानी ठान्छिन् ।

भन्छिन् “भोकाएकालाई खाना खुवाउन पाउनु र रोगले छट्पटाई रहेका बिरामीलाई मलमपट्टी गर्न पाउनु जस्तो सन्तुष्टि संसारको कुनै कुनामा पुगे पनि पाईदैन ।”

जीवन एउटा यात्रा हो,गन्तब्य होइन । सफलता भनेको केबल अनुभूति मात्र हो । भन्ने मिरालाई आफ्नो लागि समय छैन, उनी आराम गर्ने भनेको एकैपटक रातको ९ बजेपछि मात्र हो, यदि कुनै दुखीहरुको फोन आएन भने !

दुःखीहरुको मायाले पुलपुलिएकी मिरालाई सधै सेवाको अग्रपंक्तिमा भेट्न पाईन्छ ।

निकै सरल स्वभावकी र साधरण पोसाकमा भेटिने मिरा कहिले फोहोरको थुप्रोबाट बृद्धाबृद्धालाई उद्धार गरेको भेटिन्छन् त कहिले पैसा नभएर हस्पिटलको बेडमा छटपटाई रहेका विरामीको लागि आर्थिक सहयोग बोकेर पुग्छिन् ।

मीराको खटनपट देख्दा लाग्छ, उनी समाजसेवाकै लागि जन्मिएकी हुन् । उनीलाई भेट्न कि त सड्क, कि त बृद्धा आश्रम, कि त हस्पिटल नै पुग्नुपर्दछ । एउटा नर्सले गरेको कार्यलाई त्यत्ति सजिलै शब्दमा बयान गन गाह्रो नै छ ।

कहिले बोरा बोकेको देखिन्छिन् , कहिले बृद्धाबृद्धाको दिशा धोएको देखिन्छिन्,कहिले उहाँहरुको दारी कपाल काटेको देखिन्छिन्, अप्ठ्यारो लाग्दैन ?  उनको छोटो उत्तर आउँछ, “पटक्कै नाई ।”

समाजमा अहिले धेरै नक्कली समाजसेवीको बिगबिगी छ । तर मिरा सडक बृद्धबृद्धाहरुको छोरी बनेर बाँचेकी छिन् । उनलाई देख्ने बित्तिकै आश्रममा रहेका आमबुबा र अपांगता भएका मानिसकोहरुको आँखामा खुशी भेटिन्छ ।

मीरा सन् २००५ देखि नर्सिङ सेवामा कार्यरत छिन् । यसबीचमा उनले हजारौँ मानवको उपचार मात्र गरिनन्, गाउँबाट उपचार गर्न काठमाडौँ आएर खर्चबिहीन विरामीहरुको उद्धार समेत गर्दै आएकी छिन् । उनले काठमाडौँका बिभिन्न प्राईभेट हस्पिटलमा काम गरिसकेकी छिन् ।

भन्छिन्,“त्यहाँको महंगो उपचार,गाउँबाट खर्च बोकेर आएकाले पुग्दैन, उहाँहरु हस्पिटलको खर्च तिर्न नसकेर घर जान नस्कने अवस्थामा बाध्यताले हस्पिटलमा बन्दी जस्तै बन्नु परेका घटनाले मलाई निकै दुखी बनाउँछ । सके आफै छुटाउँछु सकेन भने आर्थिक सहयोगको लागि गुहार लगाउँछु ।”

आफूले काम गरेको हस्पिटलमा मात्र होइन, अन्य हस्पिटलमा पनि आर्थिक अभावको कारण उपचार गराउन नपाएका तथा हस्पिटलको पैसा तिर्न नसकेर घर जान नसकेको कतैबाट थाहा पाईन् भने सबैभन्दा पहिला बिरामी भेट्न पुग्ने गर्दछिन् ।

कमाएको पैसा समाजसेवामा खर्च गर्नुहुन्छ, आफ्नो खर्च कसरी चलाउनु हुन्छ नि ? भन्ने हाम्रो जिज्ञासामा मिरा भन्छिन,“एक्लो जीवन धेरै खर्च हुँदैन, म सामान्य मान्छे हो, फजुल खर्च गर्दिन । जहाँ जे मिल्छ त्यही खान्छु । बुबाआमासँगै छु । घरको व्यवस्थापन मैले गर्नुपर्दैन ।”

मीराका आमाबुबा अहिले गरिब ८० बर्ष पुग्नै लाग्नु भयो । कोरोनाको कारण आमाबुबासँग नजिक रहेर कुरा गर्नु नपाएको महिनौ भयो । तर, सडकमा हुनेहरुलाई खाना खुवाउने, उद्धार गर्ने र आश्रममा पुगेर आफ्नो भागमा पर्ने सबै काम गरेर उनी राती घर पुगेकै हुन्छिन् ।

मीराले आफ्नो अनुभव सुनाउँदै भनिन् “गरिवीको कारणले बृद्धाबृद्ध सडकमा पुग्नु भएको होइन्, हुनेखानेहरुकै परिवारबाट लखेटिएको छ । गरिबले त आफ्ना आमाबुबालाई एकै छाक खुवाएर भएपनि घरमै राख्छन् । उहाँहरुको उद्धारपछि र केही दिनको काउन्सीलिङपछि कसरी सडमा आउनु भयो? परिवार कहाँ छन् ? भनेर सोध्ने कोशिश गर्दछौ । केही आमाबुबाले बताउनुहुन्छ । धेरैले आफ्नो कुरा खोल्नु हुँदैन, रुनुमात्र हुन्छ, यस्तो अवस्थामा हामीले धेरै सोध्दैनौ । जसरी हुन्छ उहाँहरुलाइृ खुशी राख्ने प्रयास गर्दछौ ।”

मीरा भन्छन् “यसरी बृद्ध आमाबुबालाई घरबाट निकाल्ने छोराछोरीको राज्यले पहिचान गरी कार्वाही गर्ने र सड्कमा पुगेका बृद्धाबृद्धको राम्रो ब्यावस्थापन गर्नुपर्ने पदर्छ । राज्य भनेकै असहायहरुको लागि हुनुपर्ने हो, तर यहाँ कागजमा मात्र छ ।”

मीराले विगतका घटना सुनाउँदै भनिन, “भक्तपुरको इटा भट्टामा काम गर्ने महिलालाई छातीमा घाउ भएको थियो । उनको उपचार गर्न महिनौँ लाग्यो । उनको ड्रेसीङ मैले नै हरेक दिन गर्दै आएकी थिए । जब ती महिला निको भएर घर जान लागिन् । मलाई बोलाउँदै आफूसँग रहेको २५ रुपैयाँ हातमा राखदिँदै भनिन् ‘सिस्टर चिया खानु होला ?’ उनले दिएको २५रुपैयाँले मलाई निकै बेर रुवायो । त्यो घटना मलाई अझैपनि याद छ । अहिले सम्झदा पनि मन भरिएर आउँछ । ती महिलाको मैले नै निशुल्क उपचार गरिरहेकी थिए ।”

“मानिसहरु बिरामी अवस्थामा निकै कमजोर हुन्छन्, त्यसमाथि उनीहरुको आर्थिक अबस्था कमजोर हुनेहरुको पीडा हस्पिटलमा धेरैको आफ्नै आँखाले देखेकी छु । मैले सकेको सहयोग गर्दथेँ तर, कैयौँ घटना मेरो बुताभन्दा बाहिर हुन्थेँ, जसले मलाई रातभर निदाउन दिँदैनथ्यो ।”

उनैलाई याद छैन, २००५ देखि अहिलेसम्म कतिलाई सहयोग गरिन् । जब हस्पिटलबाट ड्यूटी सकेर बाहिर निस्किन्छन्, त्यसपछि सुरु हुन्छ उनको सहयोग । सडकमा महिनौ ननुहाएर फोहोरको थुप्रोमा सडेका खानेकुरा खाँदै गरेको, शरिर दिशा पिसावमा लतपत्तिएका मानिसलाई कैयौँ पटक आफै रुँदै उद्धार गरेका घटनाहरु अनगिन्त्ती छन् । अहिले पनि उनी धेरै जसो आश्रममा रहेका मानिसहरुको उपचारमा डाक्टरहरुलाई लिएर निशुल्क उपचारमा हिड्ने गर्दछिन् ।

मीरा नवजीवन परोपकार समाजको आश्रममा पुग्न वित्तिकै आमाबुबाको स्वास्थ्य अवस्था बुझ्न, खानपान, सरसफाईमा लागिहाल्छिन् ।

मीरा समाजसेवा भनेको अरुलाई देखाउनको लागि गर्ने कुरा नभएको बताउँछिन् ।

उनी हस्पिटलको शैयादेखि सडक किनारमा छटपटाई रहेका मानिसको बारेमा कतैबाट फोन आयो भने आफ्नो जस्तो सुकै काम भएपछि झोला बोकेर निस्किहाल्छिन् ।

सामान्यतया नर्सहरु आफ्नो ड्यूटी सकेर सरासर घर फर्कन्छन् । दिनरातको खटनपटनपछि उनीहरु थाकेका हुन्छन् । तर मीरा भने खाना बोकेर सडकमा निस्किन्छिन् । मिरा नर्स मात्र होइनन्, उनी सडकमा भोकै छटपटाएका, घरबाट निकालीएका मानवको बलियो सहारा पनि हुन् । दिनरातको हस्पिटलको ड्यूटीपछि मिरा घरमा होइन, सड्कमा आँखा मिच्दै हिडेको भेटिन्छिन् ।

भन्छिन् “२४ घण्टा ड्यूटी हुन्छ, २४ घण्टा छुट्टी । छुट्टीको बेला सडकमा रहेका मानवको सेवामा लाग्छु । वर्षौ भयो म उज्यालोमा घर नपुगेको ।” मीराको विचारमा मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com