४७ दिनसम्म हिउँ र नुन खाएर बाँचेका युवक


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक ४७ दिनपछि जीवितै भेटिएका छन् ।
उत्तरी धादिङको रुवीभ्याली घुम्ने क्रममा उनी वेपत्ता भएका थिए ।

बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव थियो ।

उनी २ हजार ६०० मिटर उचाइको क्षेत्रमा भेटिएका हुन् । उनकी प्रेमिकाको भने निधन भएको छ ।

ताइवानी लियान सेङ यू र लिउ चेन युन फागुन अन्तिम साता रुपभ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर खाल्डोमा खसेका थिए । हिउँमा चिप्लिएका उनीहरु करिव २०० मिटर तल पहरा छाँगामा अलपत्र परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लियान सेङ यूको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ र, उन खतरामुक्त छन् । उनी अहिले कुराकानी गर्न सक्छन् ।

हराएको समयमा हिउँ र नुन खाएर बसेको उनले बताए । उनले यो ४७ दिनसम्म आफूले कहिल्यै हिम्मत नहारेको पनि चिकित्सकहरुलाई सुनाएका छन् । उनले भनेका छन्, ‘बाँच्छुु भन्ने मनमा लागिरहेको थियो ।’ उनलाई यही इच्छाशक्तिले नै ४७ दिनसम्म बचाएको मानिएको छ ।

ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तर धादिङमा थिए ।

युवकको परिवारले जर्मनीमा पुगेर भविश्यवत्तालाई देखाउँदा पनि छोरा जिउँदैछ भनेका थिए ।
भारी हिमपातका बीच रुवीभ्याली हुँदै लाङटाङ हिडेका उनीहरु हिउँमा चिप्लिएर लडेका थिए । दुबैको परिवारले लगातार खोजी गर्ने क्रममा बुधबार भेटिएका जनाईएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com