१२ डाक्टर र १२ नर्ससहित ७१ जनालाई कोरोना सङ्क्रमणपछि वीर अस्पतालको ओपीडी सेवा बन्द


प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार

काठमाडौंमा रहेको वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीले बताउनुभयो । डा सेञ्चुरीले कोरोना देखिएका ७१ जना कर्मचारीहरु मध्ये केही होम आइसोलेसनमा, केही होटल आइसोलेसनमा रहेका छन् । यस्तै केही कर्मचारीहरु क्वारेन्टिनमा रहेका छन् ।

उहाँका अनुसार सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सङ्क्रमण फैलन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको हो । तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।

वीरमा कसरी फैलियो कोरोना ?

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि शुक्रराज अस्पताल लगायत अन्य अस्पतालहरुलाई कोरोना विशेष अस्पतालको रुपमा घोषाणा गरीयो । तर वीर अस्पताललाई शुरुमा कोभिड क्लिनिक अस्पतालको रुपमा मात्र छुट्याएको थियो । जतिबेला वीर अस्पतालले कोरोना पुष्टि भएका विरामीको उपचार गर्नुपर्ने थिएन । नेपालमा विस्तारै कोरोना संक्रमणको दर बढ्दै गएपछि वीर अस्पतालमा पनि कोरोना परीक्षण शुरु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसोलेसन वेड पनि व्यवस्थापन गरियो ।अस्पतालले तीन सातादेखि कोभिड अस्पतालकै रुपमा संक्रमतिको उपचार गरीरहेको डा सेञ्चुरीको भनाइ छ । तर कोरोना संक्रमितको उपचार गर्न थालेदेखि नै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना देखिने क्रम पनि शुरु भयो । डा सेञ्चुरीका अनुसार वीर अस्पतालमा संक्रमति अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमतिको उपचारमा संलग्न व्यक्ति भने होइनन् ।

‘हाम्रोमा कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित कै उपचार गर्नेहरु भन्दा पनि अन्य वार्डमा काम गर्नेहरुमा बढी संक्रमण देखिएको छ,’ डा सेञ्चुरीले भने, ‘उहाँहरु बाहिरबाट संक्रमण भएको देखिन्छ, कोही वरीपरि होटलमा खाना, खाजा खान गए, त्यहाँका मान्छेलाई कोराना देखिएपछि उहाँहरुलाई पनि देखिएको छ ।’ डा सेञ्चुरीले अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीका लागि छुट्टै खाजा, खाना खाने व्यवस्था नभएको बताए । अस्पतालमा सार्वजनिक खाजाघर छ । जसले गर्दापनि उहाँहरुले प्रयोग गर्ने खाजाघरमा संक्रमति र अन्य व्यक्तिहरु भएर पनि संक्रमण भएको हुनसक्ने डा सेञ्चुरीले बताए । – नेपाल पेज

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com