आफ्नै गाउँ फर्कन थाले, चुनावमा भोट हाल्न


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ ।

झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भए पनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएका पनि गाउँ फर्किन थालेका हुन् ।

निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठूलीपोखरी–१ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टी मिलाएर आएको बताउनुभयो ।

त्यस्तै चुनावमै भाग लिनका लागि खाडीमुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधि नहुँदा आफ्नो गाउँ ठाउँको विकास हुन नसकेको बताउँदै आफूहरुले चुनेको प्रतिनिधिले तल्लो तहको विकास र आम नागरिकलाई राज्यका सेवा सुविधा पु¥याउनेमा विश्वस्त रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपय विभिन्न राजनीतिक दलकै सक्रिय कार्यकर्ता त कतिपय सर्वसाधारण पनि भोट हाल्नकै लागि गाउँ फर्कनेको सङ्ख्या उल्लेख्य रहेको पर्वत–काठमाडाँै सडकका सवारी चालकको भनाइ रहेको छ ।

मलेसियाबाट हालै गाउँ फर्केका कुर्घाका शशी शर्माले दुई दशकपछिको अवसरको उपभोग गर्न आएको बताउनुभयो । अहिलेसम्म स्थानीय निकायको चुनावमा सहभागी हुन पाएको थिइन् त्यसैले अहिले छुट्टी नै मिलाएर भए पनि साउदी अरबबाट घर फर्केको उहाँले बताउनुभयो । उहाँले चुनावी परिणाम सार्वजनिक भएपछि पुनः विदेशनै जाने गरी आएको जानकारी दिनुभयो ।

सापकोटा, अधिकारी र शर्मा मात्रै हैनन् पर्वत जिल्लाका गाउँ गाउँमा जनप्रतिनिधि चुन्नका लागि स्वदेश फर्किनेको सङ्ख्या उल्लेख्य रहेको ठूलीपोखरीका सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “लामो समयपछि हुने भएकाले पनि मतदाता नामावलीमा नाम समावेश भएका स्वदेश फर्किने क्रम बढेको हो ।”

पर्वत जिल्लाका झन्डै २३ हजार युवायुवती वैदेशिक रोजगारीका लागि भारतबाहेकका अन्य मुलुकमा रहेका छन् । उनीहरुमध्ये केही प्रतिशत स्वदेश फर्किएर मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय पर्वतले अपेक्षा गरेको छ । विदेशमै बसेर भए पनि मतदान गर्न पाउने सुविधा नभएकाले पनि गाउँ फर्कनुको विकल्प नभएको हो ।
पर्वत जिल्लामा क्रियाशील राजनीतिक दलले कतिपय गाउँपालिका र नगरपालिकाका वडामा उम्मेदवार टुङ्गो लगाइसकेकाले प्रचारप्रसार सुरु भइसकेको छ । आयोगले चुनावी तयारी तीव्र पारेसँगै गाउँगाउँमा चुनावी चहलपहल बढ्न थालेको छ ।

उम्मेदवारले गाउँगाउँ र घरदैलो गरेर मत माग्न थालिसकेका छन् । एमाले, काँग्रेस, माओवादी, राप्रपालगायतका दलबाट उम्मेदवार सुनिश्चित भइसकेकाले गाउँ अभियानलाई तीव्र पारेको शङ्करपोखरी मा स्थानीय सञ्जय रेग्मीले जानकारी दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com