निर्वाचन घोषणापछि सङ्ख्या पुनरावलोकन धाँधलीपूर्णःओली


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताउनुभएको छ ।

स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उहाँले निर्वाचन आचारसंहिता विपरीत राति राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतङ्क सिर्जना गर्ने काम निर्वाचन विरोधी भएको आरोप लगाउनुभयो ।
दोस्रो चरणको निर्वाचनका लागि तय भएको जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्छ भनेर आफूले सत्तारुढ दलका नेतालाई सम्झाउँदा गैरजिम्मेवार जवाफ दिएको ओलीको गुनासो थियो ।

“दुई चरणमा निर्वाचन गराउने निर्णय गरिनु र दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन खोज्नु पनि निर्वाचन हुन नदिने योजना हो ।” अध्यक्ष ओलीले भन्नुभयो – “फिर्ता भइसकेको संविधान संशोधन विधेयक पुनः ल्याइनु पनि निर्वाचन र राष्ट्रहितविरोधी हो र एमालेलाई निर्वाचन विरोधी भनेर प्रचार गरिएको छ ।”

उहाँले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गराइसक्नुपर्छ भन्दै त्यसबीचमा प्रतिनिधिसभाको निर्वाचन नभए राजनीतिक र संवैधानिक सङ्कटमा जाने र निर्वाचन गराउन गैरदलीय सरकार बनाएको जस्तो विगतको घटना दोहो¥याउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले सार्वजनिक रुपमा आएको गृहसचिवसहितको हस्ताक्षरको कार्यसम्पादन मूल्याङ्कनको कागजलाई अदालतमा पेस गर्दा उनलाई किर्तेको आरोपमा गिरफ्तार गर्न खोज्नु तमासाको विषय हो भन्दै उहाँले यस्तो अवस्थामा जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने प्रश्न उठेको बताउनुभयो ।
एमालेको प्रचार क्षेत्रमा कार्यरत देशभरका प्रतिनिधि सहभागी भेलाको बन्दसत्रमा पार्टीका अन्य नेताहरुले अभिमुखीकरण गर्ने र प्रचारका योजना तय गर्ने जनाइएको छ ।

एमालेको चुनावी गीत सार्वजनिक
यसैबीच आसन्न स्थानीय निर्वाचनका लागि नेकपा ९एमाले० ले आज आफ्नो चुनावी प्रचार गीत सार्वजनिक गरेको छ ।
एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटा चुनावी गीति एल्बम सार्वजनिक गर्नुभएको हो । पुरुषोत्तम न्यौपाने, बद्री पङ्गेनी, राजु परियार, एकनारायण भण्डारी, वैकुण्ठ महत, राजा राजेन्द्र, महेश खड्का, रमेश थापा, अमृत खाती, अशोक राईलगायतका कलाकारले ती गीत गाउनुभएको हो । “सही पनि एमाले, मै पनि एमाले।।, “भोट केमा सूर्यमा।।।”, “आफ्नो गाउँ, आफैँ अब बनाउनलाई उठौँ।।।” जस्ता बोलका गीत कार्यक्रममा प्रस्तुत भएका थिए ।
प्रवासी नेपाली मञ्च, ओमन र क्यानाडाले तयार गरेको अलगअलग गीति एल्बम पनि पार्टीका अध्यक्षलाई हस्तान्तरण गरियो । कार्यक्रममा अध्यक्ष ओलीले कलाकारलाई सम्मान गर्नुभएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com