नेपालमा थपिए १ हजार २२१ कोरोना संक्रमित, थप १४ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १२२१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३४८ जना महिला र जना ८७३ पुरुष गरी १२२१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ८२२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५४ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ५१८ संक्रिय संक्रमित छन् । आज नेपालमा १२ हजार ७१७ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ रहेका छन् । होम आइशोलेशनमा ६ हजार ९०६ रहेका छन् ।
काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।





