सडकका बेसहारामा पनि देखिन थाल्यो कोरोना


प्रकाशित मिति : भाद्र १३, २०७७ शनिबार

काठमाडौंको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै बस्थिन् । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै काम गरेर कमाउन सक्थिन्, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सडकमा बसिरहेका आमा–छोराको अबस्थाबारे स्थानीय व्यक्तिमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भयो ।

त्यही सूचनाका आधारमा मानवसेवा आश्रमले दुई दिनअघि आमा–छोराको उद्धार गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजिटिभ देखियो ।आश्रमका प्रवक्ता सुमन बर्तौला पछिल्लो समयमा यसरी उद्धार गरिएका बेसहाराहरुमा कोभिड–१९ सङ्क्रमण देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म यसरी सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिइसकिएको छ । सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोभिड–१९ देखिँदा उनीहरुको व्यवस्थापनमा थप चुनौतीपूर्ण बनेको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको छ । सेवाकै क्रममा केही सङ्क्रमित भएकाले उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

विगतमा अन्य सर्वसाधारण नागरिकलाई कोरोना लाग्दा राजधानीका सडकका बेसहारामा देखिएको थिएन । साउनपछि भने देखिन थालेको हो । कसरी उनीहरुमा सङ्क्रमण गयो भन्ने यकिन भएको छैन । त्यस विषयमा अध्ययन पनि हुन सकेको छैन तर सडकमा स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गर्न नजान्ने हुनाले उनीहरु जोखिम वर्गमा पर्नु स्वभाविक भएको चिकित्सकले भनाइ छ । कतिपय अवस्थामा सावधानी विना सडकमा खाना खुवाउने गरिएको छ । त्यसबाट पनि सङ्क्रमण हुनसक्छ । मास्कलगायत मानिसले प्रयोग गरेका स्वास्थ्य सामग्री निसङ्क्रमण नगरी फोहरमा फालिने गरेका छन् । त्यसबाट कवाड टिप्न जाँदा वा खानेकुरा खोज्न जाँदा पनि उनीहरुमा सङ्क्रमण हुनसक्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउँछन् ।

भीडभाड भएको क्षेत्रमा कहिलेकाहीँ उनीहरु पुग्छन् । स्वास्थ्य सामग्रीको प्रयोग गर्नेबारे ज्ञान नहुँदा त्यसतो बेला सजिलै सर्ने सम्भावन रहन्छ । “कवाडी खोज्ने क्रममा, सङ्क्रमितसँगै खाना खाँदा, सङ्क्रमितबाट खानेकुरा वा पैसा लिँदा पनि सर्न सक्छ”, डा कार्कीले रासससँग भने, “-याल, सिङ्गान, खकार लागेका मास्कलगायत सामग्री वा रुमाल, जुठो बोतल फ्याँकिएको हुनसक्छ, त्यस्ता सामग्रीमा निकै समयसम्म भाइरस रहनसक्छ, उनीहरुले त्यो टिपेर प्रयोग गरे भने पनि सर्छ ।” सडकमा रात बिताउने बेसहारामा समेत कोरोना देखिन थालेपछि उनीहरुको व्यवस्थापन थप कठिन बन्दै गएको छ । आश्रमले जोखिमका बीच उद्धार कार्य भने जारी नै राखेको छ । यहाँ रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र विभिन्न रोग लागेका सहाराविहीन व्यक्तिले आश्रय पाइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवश्यक स्वास्थ्य मापदण्ड प्रयोग गरेर उद्धार गरी स्वाब परीक्षण रोपोर्टका आधारमा अहिलेसम्म उनीहरुको व्यवस्थापन हुँदै आएको छ । परीक्षण प्रतिवेदन नआउँदासम्म छुट्टै क्वारेन्टिनमा राख्ने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । “अहिले पनि धेरै ठाउँबाट फोन आउँछ, पिसिआर नगरेसम्म उद्धार गर्नै कठिन छ”, अधिकारीले भने, “मानिसलाई परीक्षणको मतलब हुन्न, तत्कालै उद्धार गरेन भने रिसाउनेहरु पनि छन्, तै पनि हामी जोखिम मोलेर मनोरोगीको संरक्षणमा अहोरात्र खटिँदै आएका छौँ ।” उक्त संस्थाले बन्दाबन्दीपछि मात्रै १७० जनाको उद्धार गरेको, उद्धारका क्रममा असङ्गठित क्षेत्रमा मजदूर सडकमा आइपुगे । उनीहरुको अवस्था दयनीय देखेर आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खाना खुलाउने अभियानसमेत चलाउँदै आएको छ । सडकमा बस्ने बेसहारा जत्तिकै भोकभोकै मर्ने अवस्थामा मजदूरहरु देखेपछि त्यो पीडा देख्न नसकेर नियमित खाना खुवाउन थालिएको अध्यक्ष अधिकारी बताउँछन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा वृद्धि भइरहेको छ । यस्तो अवस्थामा आफन्त र छिमेकीलाई दुःखविमार वा अप्ठेरो पर्दा सघाउ पु-याउन सक्ने अवस्था छैन । मलामीको अभाव भएको, आफन्तकै शव व्यवस्थापन कठिन भएको र सरकारले शव व्यवस्थापन गर्न खोज्दा कतिपय स्थानमा समुदायले विरोध गरेका घटना सार्वजनिक भइरहँदा सडकका बेसहारामा पनि सङ्क्रमण देखिनु अर्को चुनौती हो । सडकमा अलपत्र पर्ने असहाय मानिसतर्फ कसैले ध्यान पु-याउनै सक्दैनन् । ध्यान पुगे पनि वास्ता गरिँदैन । त्यसरी अलपत्र परेका मानिसको उद्धार र व्यवस्थापनमा सक्रिय रहेको आश्रमको सेवामा समेत सङ्क्रमणले चुनौती थपिदिएको छ ।

पन्ध्र जिल्लाका २२ शाखामार्फत सेवा दिँदै आएको उक्त आश्रम स्थापनाको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरिरहँदा यसरी सडकबाट उठाइएका एक हजारभन्दा बढीलाई परिवार फेला पारेर पुनःस्थापित गराइसकिएको छ । हाल एक हजार १०० जनाले सेवा पाइरहेका छन् । अहिलेसम्म चार हजारभन्दा बढीको उद्धार भएको जनाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com