मार्चमा मात्र २० जना नेपालीलाई अमेरिकाबाट देशनिकालाको आदेश, १४१ बिरुद्ध मुद्दा


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

– किशोर पन्थी

मार्च महिनामामात्र अमेरिकाबाट २० जना नेपालीहरुले देशनिकालाको आदेश पाएको तथ्यांक खसोखास साप्ताहिकले प्राप्त गरेको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार ट्रम्प कार्यकाल सुरु भइसकेपछि फरबरीमा ८ जना र मार्चमा २० जना नेपालीहरुले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका छन् ।

यसअगाडि आर्थिक बर्ष २०१७ को ओबामा कार्यकालको पहिलो ४ महिनामा २३ जना नेपालीहरुलेमात्र अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका थिए । ओबामा कार्यकालको ४ महिनाको तुलनामा ट्रम्प कार्यकालको २ महिनामा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु धेरै रहेका छन् ।

नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुले टीपीएस प्राप्त गरेपछि विगत २ बर्षमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या हवात्तै घटेको थियो भने गत आर्थिक बर्षमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या विगत १२ बर्ष यताकै कम रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च महिनामामात्र १४१ जना नेपालीहरुलाई देशनिकालालागि अमेरिकी अध्यागमन अदालतमा मुद्दा दायर गरिएको छ । फरबरीमा १११ जना नेपालीबिरुद्ध अध्यागमन अदालतमा देशनिकालाका लागि मुद्दा दायर गरिएको थियो ।

आर्थिक बर्ष सन् २०१७ मा ओबामा कार्यकालमा ४ महिनामा २१८ जना नेपालीहरुलाई देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएको थियो भने ट्रम्प कार्यकालका २ महिनामा मात्र २५२ जना नेपालीहरुबिरुद्ध देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएको छ ।

आर्थिक बर्ष २०१७ को ६ महिनामा देशनिकालाका अदालतमा मुद्दा चलाइएका नेपालीहरुमध्ये ६ जना अपराधमा संलग्नहरु थिए । यही ६ महिनाको अवधिमा अपराध गरेका कारण देशनिकालाको आदेश पाउने नेपालीहरु ४ जना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com