टेलिफोनको पहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि ९मोबाइल फोन० सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम ९टुजी० सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट सिरिजङ्घा गाउँपालिकाभित्र पर्ने खेवाङसहित याम्फुदिन, मामांखे, पेदाङ, तेल्लोक र सिदिङमा गाउँपालिकाका मेहेले, सुरुम्खिम साथै लिम्बुदिनवासी लाभान्वित भएका छन् ।

यस क्षेत्रमा पहिलो पटक टेलिफोन टावर निर्माण गरी सेवा प्रवाह गरिएको हो । योभन्दा अघि अन्यत्र सञ्चालित सिडिएमए र एनसिएलका टावरको भरमा उच्च स्थानमा मात्रै मोबाइल सेवा दुःखले चल्ने गरेको थियो । उच्च स्थानमा पुगेर आवाजसमेत स्पष्ट नबुझिने गरी मोबाइलमा कुराकानी गर्ने स्थानीय अहिले गाउँका कुनाकुनामा मोबाइल चल्न थालेपछि हर्षित भएका छन् भने मोबाइल बोकेर डाँडातिर दगुर्नु पर्ने बाध्यता पनि हटेको टावर निर्माणमा सक्रियता देखाएका स्थानीय समाजसेवी गजेन्द्र तुम्यहाङले राससलाई बताउनुभयो ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो भने जडानको कार्य मर्मत सम्भार एकाइ कार्यालय इलामले गरेको थियो । यता जिल्लाको याङ्वरक गाउँपालिकास्थित थेचम्बु र फक्ताङ्लुङ गाउँपालिकास्थित तापेथोकमा समेत टावर निर्माणको अन्तिम तयारी भइरहेको मर्मत सम्भार एकाइ कार्यालय इलामका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अबको डेढ महिनाभित्रै जडान भइसक्ने छ ।

जिल्लाकै आधाभन्दा बढी भू–भाग ओगटेको फक्ताङ्लुङ गाउँपालिका भने टेलिफोनको पहुँचभन्दा टाढा रहेको बताइन्छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com