अमेरिकाको मोरिसभिल शहरले नेपाल दिवस मनाउने


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा अवस्थित  मोरिस्भिल शहरले हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिवारलाई नेपाल दिवस को रुपमा मनाउने घोषणा गरेको छ । नगर समितिको पूर्ण बैठकमा मोरिस्भिल शहरका मेयर मार्क स्टोह्लम्यानले उक्त घोषणापत्र जारी गर्नु भएको हो । घोषणापत्र जारी गर्दै मेयर मार्कले भन्नुभयो, “मोरिस्भिल शहरको जनसंख्याको करिब एक तिहाइ भाग ओगटेको एशियाली मूलका बासिन्दाहरुमा नेपाली समुदायको ठुलो हिस्सा समावेश छ। नगरको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिको लागि नेपाली समुदायले पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गर्दै हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिवार नेपाल दिवस मनाउने घोषणा गर्दछु।” बैठकमा सबै नगर सभाषद्हरुले घोषणापत्रको अनुमोदन गर्नुका साथै उपस्थित नेपाली समुदायले उक्त घोषणाको भव्य स्वागत गरेका थिए।

घोषणा पछि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाकी अध्यक्षा डा. सुषमा प्रधानले भन्नुभयो, “नेपाल दिवसको घोषणाले नेपाल र नेपालीको सम्मान हुनुका साथै बिगत २०-२५ वर्षदेखि नर्थ क्यारोलाइनाका नेपाली समुदायले विभिन्न सामाजिक क्रियाकलापमा गरेको स्वयंसेवी संलग्नताको मूल्यांकन भएकोले सबै नेपालीलाई अत्यन्त खुशी मात्र होइन अझै धेरै काम गर्ने हौसला पनि मिलेको छ।” वहाँले नेपाली समुदायको तर्फबाट मेयर तथा नगर परिषद्लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

नेपाली नयाँ वर्ष वैशाख १ गतेलाई लक्ष्य गरि हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिवार मनाउने निर्णय गरिएको नेपाल दिवस यसपटक आगामी शनिवार, अप्रिल १५ को दिन भव्य रुपमा मनाउने जानकारी नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले गराएको छ। अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. अर्जुन कार्की र मोरिस्भिल शहरका मेयर मार्क स्टोह्लम्यानले संयुक्त रुपमा उद्घाटन गर्नुहुने सो दिनको कार्यक्रममा नेपाली बाजागाजा र झाँकी सहितको ठूलो जत्थाले नगर परिक्रमा पछिको सभामा नयाँ वर्ष २०७४ लाई स्वागत गर्ने कार्यक्रम रहेको छ। अमेरिका भित्रका अन्य संघसंस्थाका पदाधिकारीहरुको पनि उक्त कार्यक्रममा उपस्थिति रहने जानकारी अध्यक्षा डा. प्रधानले गराउनु भयो।

नेपालका भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मोरिस्भिल शहरको भ्रमण अवसरमा मेयर मार्क स्टोह्लम्यानले नेपाल दिवस मनाउने प्रस्ताव राख्नु भएको र स्थानीय नेपाली व्यवसायी एवं नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका पूर्व उपाध्यक्ष रवीन्द्र कार्कीको संयोजकत्वमा नेपाल दिवसले मूर्तरुप लिन सकेको हो। संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा लगभग चार हजार नेपालीहरुको बसोबास रहेको छ। मोरिस्भिल शहर र आसपासका क्षेत्रमा करिब दुई हजार नेपालीहरु बसोबास गर्छन्। यस बाहेक कोलोराडो राज्यको बोल्डर शहरले २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आईतबार नेपाल दिवसको रुपमा मनाउँदै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्विरमा न्युयोर्कमा मनाइएको नेपाल डे

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com