तराई बन्द हुने डरले इन्धन भण्डारण गरेपछि उपत्यकामा पेट्रोल अभाव


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

तराई भेगमा बन्दको चिन्तासँगै उपभोक्ताहरुले आवश्यक भन्दा बढीमात्रामा पेट्रोलियम पदार्थ भण्डारण गरेकाले काठमाण्डू उपत्यकासहितका स्थानमा त्यसको अभाव देखिएको आयल निगमले जनाएको छ। तर कयौं उपभोक्ताले सरकारी निकायहरुले आफ्नो कमजोरी ढाकछोप गर्न अरु पक्षलाई दोष दिएको भन्दै बजारमा देखिएको अभाव कृत्रिम भएको बताउने गरेका छन्।

निगमले चाहिँ बिदाका दिनहरुमा पनि पम्पहरुलाई पेट्रोलियम पदार्थ वितरण गर्ने र हाल नियमित रुपमा दिइनेभन्दा मात्रा बढाइएकाले केही दिनमै पम्पहरुमा देखिएको लामो लाइन हटने दाबी गरेको छ। उसले अन्य सरकारी निकायसँग समन्वय गरी पेट्रोल पम्पहरुको पनि नियमित अनुगमन भइरहेको बताएको छ।

सवारी साधनहरुमा पेट्रोल र डिजेल हाल्नका लागि पम्पहरुमा लामवद्ध हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
उपभोक्ताहरुलाई पेट्रोल पम्पहरुले निश्चित रकम र परिमाण तोकेर वितरण गर्ने गरिरहेका छन्। केही पेट्रोल पम्पहरुले भने पेट्रोलियम पदार्थ नभएको सूचना नै झुण्ड्याएर बस्ने गरेका छन्।

उपभोक्ताहरुले सम्भावित बन्द हडतालका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने त्रासका कारण दैनिक आवश्यकताभन्दा बढी घरमा राख्न खोजेकाले पेट्रोल पम्पहरुले लिएको पेट्रोलियम पदार्थ केही घण्टामै सकिने गरेको भनाइ निगम र व्यवसायीहरुको छ। पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन कम गर्ने योजना निगमले अघि सारिसकेको आयल निगमका प्रवक्ता सीताराम पोख्रेल बताउँछन्।
उनले भने, “यो लाइन हटाउनलाई भरथेग प्रयास भइरहेको छ। नियमित आउने बाहेक नेपालगञ्ज र भैरहवाबाट दैनिक १ लाख ६० हजार लिटर अतिरिक्त तेल मगाइरहेका छौं। थानकोट डिपो शनिबार र रक्सौल आइतबार पनि खुल्छ र गाडीहरुमा लोड हुन्छ”।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाण्डू उपत्यकमा दैनिक ४ लाख ५० हजार लिटर पेट्रोल र ६ लाख लिटर डिजेल निगमले पेट्रोल पम्पहरुमा पुर्याउने गरेको थियो।
उक्त परिमाण शुक्रबारदेखि नै बढाइएको आयल निगमले जनाएको छ। पेट्रोल पम्पहरुले पनि पेट्रोलिम पदार्थ लुकाउने सम्भावनालाई ध्यान दिएर आपूर्ति मन्त्रालय, वाणिज्य विभाग र आयल निगमको संयुक्त टोलीलाई अनुगमनका लागि परिचालन गरिएको बताइएको छ।

पेट्रोल पम्प सञ्चालकहरु भने अभाव हुनुमा आफ्नो कुनै भूमिका नरहेको भन्दै छिट्टै वितरण सहज हुने कुरामा विश्वस्त देखिएका छन्।
नेपाल पेट्रोलियम डिलर एसोसियसनका महासचिव विश्व अर्यालले भने, “समाधानका लागि चाहिनेभन्दा बढी तेल देऊ भनिरहेका छौं र निगमले पनि बिदाका दिनमा पनि दिने भनेकाले यो समस्या धेरै दिन रहदैंन”।

खासगरी नेपाल-भारत सीमा नाकामा अवरोधको कारण आपूर्ति ठप्प भएको बेलादेखि प्रश्न उठदैं आएको निगमको तेल भण्डार क्षमतामा भने हालसम्म पनि संकटको बेला भरथेग गर्ने गरी उल्लेख्य रुपमा सुधार भएको देखिदैंन। मट्टितेल भण्डारका रुपमा प्रयोग हुँदै आएका ४२ हजार किलो लिटरका ट्याङकहरुलाई पेट्रोल भण्डारका रुपमा परिणत गर्ने काम भइरहेको निगमले जनाएको छ।

यद्यपि राजधानी लगायत देशका विभिन्न भागमा बनाइने भनेका ठूला इन्धन भण्डारको निर्माण भने अझै हुन धेरै समय लाग्ने अवस्था छ।

बीबीसी नेपालीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com